मंगलबार पाल्पामा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको ज्यान भएको छ । दुर्घटनामा परि २० जना घाइते भएका छन् ।

 दोभान–२ ज्यामिरेको एक वैवाहिक कार्यक्रमको लागि डान्सिङ्कोटको पन्चेबाजाको समूहलाई लिएर झुम्साका लागि छुटेको लु १ ज २६८९ नम्बरको जीप गएराति १० बजे ज्यामिरेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुनेमा दोभान गाबिस २ दानसिंकोटका ४६ बर्षीय जस्बिर बाकाबल, बर्ष ४५ का हरिप्रसाद राना, बर्ष २६ का मिनबहादुर थापा र बर्ष २२ का यमबहादुर राना रहेका छन ।
घाईतेहरुलाई तत्काल उद्धार गरि लुम्बिनी अन्चल अस्पताल बुटवल पु¥याइएको थियो । घाईतेहरु मध्ये ८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई चौराहा अस्पताल बुटवल, मेडिकल कलेज भैरहवा र भरतपुर रिफर गरिएको लुम्बिनी अन्चल अस्पताल बुटवलले जनाएको छ । जन्ती गएर फर्कंदै गरेको जीप ओरालो बाटोमा बे्रक फेल भएपछि सडकमै पल्टिएको र भिरमा खसेको प्रहरीले जनाएको छ । ओरालो र मोडमा एक्कासि जीप पल्टिएको र त्यसपछि भिरमा खसेर करिब ३ सय मिटर तर पुगेको घाईते यात्रुहरुले बताएका छन् ।
यस्तै पाल्पा गुल्मी सडक खण्डमा वुटवलवाट गुल्मी जादै गरेको लु.१ ख. ६९८२ नं को वस र विपरीत दिशा तर्फवाट आईरहेको लु.२१।प. ९२८७ नं को मोटर साईकल एक आपसमा ठक्कर खादा मोटर साईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा गैरागाँउ १० वस्ने अन्दाजी १९ वर्षको संगीत दर्मा रहेका छन् भने घाइते हुनेमा पाल्पा चिदीपानी ४ को वर्ष २० का अमित सारु रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment