पाँचथर, ८ फागुनः जिल्ला शिक्षा कार्यालय पाँचथरले आफ्नै पहलमा कार्यालयको विद्यालय प्रशासन शाखा अन्तरगत शिक्षकको सम्पूर्ण विवरण सफ्टवयर निर्माण गरी अध्यावधिक गर्ने कार्य सञ्चालन गरेको छ । कामलाई चुस्त दुरुस्त र विवरणलाई आधुनिकीकरण गरी अध्यावधिक गर्ने यो कार्यको थालनी जिल्ला शिक्षा कार्यालय, पाँचथरमा विद्यालय प्रशासन शाखामा कार्यरत प्राविधिक सहायक पदमलाल रिमालले आफैले डाटाबेश तयार गरी गरेका हुन । पुराना ढड्ढु मार्फत मात्र विवरण अध्यावधिक गर्दा समय श्रम बढी लाग्ने र आवश्यक डाटालाई फिल्टर गरी समय समयमा विवरण अध्यावधिक गर्न समेत कठिन हुने भएकाले तत्कालिन जिल्ला शिक्षा अधिकारी गोविन्द पौड्यालको पालामा २०६८/०६९ मा कक्षा आठको मार्कसिट तथा रिजल्ट विश्लेषण गर्ने कार्य समेत डाटाबेशको निर्माण गरी पदमलाल रिमालको प्राविधिक सहयोगमा भएको थियो । हाल प्रयोगमा ल्याइएको विद्यालय प्रशासनको सफ्टवयर समेत २०७१ सालमा तत्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालको पालामा प्राविधिक सहायक पदमलाल रिमालबाट तयार पारिएको हो । उक्त डाटाबेशले शिक्षकको कार्यसम्पादन मूल्याङ्कन, सम्पत्ति विवरण, तलबी प्रतिवेदन साथै पेशागत विवरणहरुलाई दर्ता तथा अध्यावधिक गर्न सजिलो माध्यमबाट सहयोग गर्छ ।
विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि विवरण र जिल्लाका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षको फोन नम्बर सहितको विवरण उक्त सफ्टवयरमा राख्न सकिन्छ । एक वर्ष भरी अनिवार्य अवकास हुने सम्भावित शिक्षकहरुको विवरण अगाडिनै देखाउने हुँदा अनिवार्य अवकास हुने शिक्षकलाई समेत सहज हुने देखिएको छ ।
एक पटक विवरणलाई उक्त डाटाबेशमा प्रविष्ट गरेपछि जिल्लान्तर तथा आन्तरिक सरुवा, राजिनामा जस्ता विवरण एउटा कोडको माध्यमबाट वर्षौसम्म सुरक्षित राख्न सकिने देखिन्छ ।
प्रत्येक विद्यालयलाई एउटा/एउटा कोड नम्बर उपलब्ध गराइएको छ त्यही कोडको आधारमा विद्यालयमा कार्यरत शिक्षकको विवरणलाई अध्यावधिक गर्दै छोटो समयमा सहज रुपमा काम गर्न सकिने हुँदा आगामी दिनमा उक्त सफ्टवयरमा थप सुविधाको रुपमा शिक्षकको तलब भत्ता निकासाका लागि समेत प्रयोग गर्ने गरी तयार गर्न लागिएको डाटाबेश निर्माता कर्मचारी पदमलाल रिमालको भनाई छ ।
पाँचथर जिल्लामा जस्तै यस्तो कार्य नेपालमा शिक्षा मन्त्रालय, विभाग र क्षेत्रीय शिक्षा निर्देशनालयबाट समेत सहयोग हुन सके प्रभावकारी हुने देखिन्छ ।
0 comments:
Post a Comment