राजनीति गर्ने इलामका २० पत्रकारको सदस्यता खारेजीको माग


इलाम, ८ फागुनः नेपाल पत्रकार महासंघ, इलाम शाखाको १० औं जिल्ला अधिवेशन हुकुमी शैलीमा सञ्चालन गरिएको भन्दै नेपाल प्रेस युनियन र संघीय प्रेस फोरम इलामले गम्भीर असहमती जनाएका छन् । 
ती संगठनले केन्द्रीय प्रतिनिधि खगेन्द्र पन्तले शाखा अन्तर्गतका महासंघ सदस्यहरुको नामावली गोप्य राखी एकलौटी ढंगले विधानविपरित जबरजस्ती अधिवेशन गर्न खोजेकोले मान्य नहुने जनाएका हुन । युनियन र फोरमले आइतबार एक संयुक्त विज्ञप्ति निकाल्दै पत्रकार महासंघको जिल्ला शाखामा तालाबन्दी भएकै अवस्थामा पन्तले विधि, विधान र प्रक्रियाविपरित आफैं अधिवेशनको प्रमुख अतिथि भई उद्घाटन गर्न खोज्नु नाजायज भएको बताएका छन् । शाखाको अधिवेशनको उद्घाटन सत्रमा छिर्नसमेत नदिएपछि इलाममा क्रियाशिल क्रियाशिल र सकृय पत्रकारहरुले हिंजै छुट्टै भेला बसी विप्लव भट्टराईको नेतृत्वमा नेपाल पत्रकार महासंघ, इलाम शाखाको नयाँ कार्य समिति गठन गरेका थिए । भट्टराईको नेतृत्वमा बनेको नयाँ समितिप्रति पूर्ण साथ र समर्थन रहेकोले कथित अधिवेशनको नाममा बन्ने कुनै पनि समानान्तर समितिलाई मान्यता नदिन ती संगठनले सम्बद्ध सबैलाई आग्रह गरेका छन् । 
ती संगठनले नयाँ समितिले कार्यालय खोली भावी योजनाहरु अगाडि बढाउनेक्रममा कुनै खालको अवरोध र हर्कत गर्ने दुस्साहस नगर्न तथा शाखा कार्यालय कब्जा गर्ने र आक्रमणको कुनै खालको प्रयास भए कडा प्रतिकारमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् । यसैबीच भट्टराई नेतृत्वको नवनिर्वाचित समितिको पहिलो वैठकले आन्दोलनरत नेपाल प्रेस युनियन र प्रेस फोरमसित छलफल गरी ताला खोली कार्यालय सचालन गर्ने निर्णय गरेको छ । 
साथै शाखाले आफू अन्तर्गतका निस्कृय, राजनीतिक कार्यकर्ता र सरकारी सेवामा क्रियाशिल २० जना सदस्यको सदस्यता खारेज गर्दै केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment