पत्रकार महासंघ इलामको अध्यक्षमा कोकिला


इलाम, ८ फागुनः नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा कोकिला ढकाल निर्वाचित भएकी छन । आइतबार सम्पन्न १० औ जिल्ला अधिवेशनबाट उनी नेपाली पत्रकारिताको इतिहासमा पहिलो महिला जिल्ला अध्यक्ष रुपको चुनिएकी हुन । नेपाल प्रेस युनियन, संघीय प्रेस फोरम र स्वतन्त्र पत्रकारहरु अधिवेशनमा सहभागि नभएपछि प्रेस सेन्टर र प्रेस चौतारी संयुक्त प्यानलले ५१ प्रतिशत सदस्य संख्या पु¥याएर ढकालको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको हो ।  समितीको उपाध्यक्षमा सुजन तिम्सिना, महिला उपाध्यक्षमा कौशिला राई, सचिव ख्याम भुजेल, खुल्ला सहसचिवमा राजेश पराजुली, समावेशी सहसचिवमा बलराम बराइली र कोषाध्यक्षमा जय राई निर्वाचित भएका छन । समितीको सदस्यहरुमा नमीन ढकाल, गोपाल निरौला, ठाकुरनारायण श्रेष्ठ, सावित्रा गुरगाई, योगेन्द्रकुमार शंकर, बुद्धमाया सोङमी, दिवाकर भण्डारी दिनेशकुमार महत र सन्तोष नेम्वाङ निर्वाचित भएका छन । त्यसै गरी केन्दिय्र सभासद (पार्षद) मा सुष्मा श्रेष्ठ, डिल्ली चापागाई, इन्दिराकुमारी घिमिरे, रिता राई, सटेन्द्रकुमार जवेगु, भिमप्रसाद चापागाई, प्रकाश अधिकारी, विमल दाहाल,बुद्धिप्रसाद खनाल, रोहितचन्द्र भट्टराई, लक्ष्मीप्रसाद मिश्र, राजकुमार दाहाल, अशोककुमार प्रधान र मोहनमान श्रेष्ठ निर्वाचित भएका छन । प्रदेश अधिवेशनका लागी कुमार गुरुङ, भिमसँगम कार्की, सुमन राई, गोविन्दप्रसाद लामिछाने, अमृत सुव्वा, सोम सुनुवार, नवराज वर्देवा, मंगेश खालिङ, सुमन लावती, याम मावोहाङ, मिलन आर्चाय, विचारसिँह लावती, सोमनाथ शर्मा, कमला भट्टराई, विष्णुकान्त भट्टराई, युवराज पिसी, फणिन्द्र संगम सापकोटा र प्रेमप्रसाद भण्डारी निर्वाचित भएका छन । निर्वाचित पदाधिकारी, केन्द्रिय सभासद र प्रदेश सभासदलाई निर्वाचन कमिटीका संयोजक धिरेन चेम्जोङ, सदस्य डा.देवि क्षत्री दुलाल र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य खगेन्द्र पन्तले निर्वाचनको प्रमाणपत्र प्रदान गरेका थिए । यस अघिनै अधिवेशन अवैधानिक भएको भन्दै शनिबारनै नेपाल पत्रकार महांसघको कार्य समिति अर्को पक्षले घोषणा गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment