पत्रकार महासंघको दुई ठाउँमा अधिवेशन छुट्टाछुट्टै, अध्यक्षमा विप्लव चयन

इलाम, ७ फागुनः नेपाल पत्रकार महासंघ इलाम शाखाको दशौंैं अधिवेशन छुट्टाछुट्टै दुई स्थानमा आयोजना गरिएको छ । स्वतन्त्र पत्रकारहरु तथा नेपाल प्रेस युनियन र संघीय प्रेस फोरम आबद्ध नेपाल पत्रकार महासंघ इलाम शाखा सदस्यहरुको शनिबार सम्पन्न भेलाले युवराज भट्टराई ‘विप्लव’ को अध्यक्षतामा समिति गठन गरेको छ भने प्रेस चौतारी र प्रेस सेन्टरआबद्ध पत्रकार महासंघका सदस्यहरुको भेलाले आइतबार समिति गठन गर्ने तयारी गरेको छ ।
विप्लब भट्टराईको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा गणेश घिमिरे र बन्दना राई, सचिवमा टीका खतिवडा, सहसचिवमा दिनेश सुवेदी , वेदमाया मुखिया (सोनु) र कोषाध्यक्षमा प्रेम अधिकारी रहेका छन् । महिला सदस्यमा सुजता सुनुवार र जनजाति सदस्यमा सुप्रिया श्रेष्ठ रहेका छन् । यसैगरि सदस्यमा सोमनाथ सुसेली, विजयशेखर भट्टराई, तोयानाथ भट्टराई, प्रभाकर प्रधान, सुदिप श्रेष्ठ र  ठोमनाथ तिम्सिना (विनय) रहेका छन् । केन्द्रिय पार्षंदहरुमा सुवास गुरागाई, धर्मराज शर्मा (धड्कन), कुवेर निरौला, दिपकराज शर्मा, हरिप्रसाद लुइटेल, होम ढकाल, लोकेन थेवे, मौषम बस्नेत, ठाकुर नेपाल, जीवन शर्मा, युवराज गौतम, उर्मिला सुवेदी, राम योङहाङ, माधव घिमिरे रहेका छन् । यसैगरि प्रदेश पार्षदमा गगन घिमिरे, देवीप्रसाद अधिकारी, कृष्णकला खतिवडा, गोविन्द पौडेल, गोविन्द मिश्र, सविता पाण्डे, रेश्मा अधिकारी, टंक खनाल, सरस्वती लिम्बु, नुतन रञ्जितकार, रञ्जन घिमिरे (राजु), दुर्गाभवानी पोख्रेल, सुवास भट्टराई, सरोज कटुवाल, राजिव न्यौपाने, सरोज खतिवडा, कमला थापा र मिना खतिवडा रहेका छन् ।  नेपाल पत्रकार महासंघको विधानविपरित अधिवेशन आयोजना गरिएको भन्दै प्रेस युनियनले गत ३ गते नै ज्ञापन पत्र बुझाएको र  प्रेस युनियन र संघिय प्रेस फोरमले  ५ गते पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेका थिए । विधानत अधिवेशन गर्ने मिति पछि सार्नुपर्ने लगायतको माग पत्रकार महासंघको नेतृत्वले सुनुवाई नगरेको भन्दै लगाइएको ताला अझै पनि खुलेको छैन । त्रकारहरु विचको राजनैतिक मतभेदका कारण अन्तत इलाम जिल्लामा नेपाल पत्रकार महासंघ इलाम शाखाको दुई वटा समिति बन्ने निश्चित भएको छ । यसै बिच प्रेस चौतारी र प्रेस सेन्टरले गरेको उद्घाटन कार्यक्रम युनियन र संघीय प्रेस फोरमले बहिस्कार गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment