विवादका बिच पत्रकार महासंघ इलामको अधिवेशन शुरु

इलाम, ७ फागुुन: नेपाल पत्रकार महासंघ इलाम शाखाको दशौंैं अधिवेशन विवादका बिच सुरु भएको छ । पत्रकार महासंघका केन्द्रीय सदस्य खगेन्द्र पन्तको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष रोहितचन्द्र भट्टराईको अध्यक्षतामा अधिवेशन सुरु भएको हो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी सुजन फागो, स्थानीय विकास अधिकारी ध्रुवबहादुर खडका, प्रहरी उपनिरीक्षक शुसीलकुमार यादव पत्रकार महासंघ इलाम शाखाका पूर्व अध्यक्षहरू धिरेन चेम्जोङ्, सटेन्द्र जवेगु, उमेश गुरुङ मेची पहाडी पर्यटन प्रर्वद्धन समितिका कार्यकारी निर्देशक केशव द्योराली, प्रेस चौतारीकी जिल्ला शाखाका अध्यक्ष कोकिला ढकाल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष राजेश पराजुली लगायतले आफनो धारणा राखेका थिए । सोही अवसरमा इलाम नगरपालिकाले वार्षिक रुपमा प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट २ जना पत्रकारलाई सम्मान समेत गरेको छ । पुरस्कारबाट इलाम एफएममा कार्यरत सन्तोष नेम्वाङ्ग र नेपालबाणी एफएममा कार्यरत गणेश घिमिरेलाई प्रदान गरिएको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment