सातबुँदे सहमतिपछि काममा फर्के स्थानीय निकायका कर्मचारी

चार दिनदेखि बन्द स्थानीय निकाय खुल्यो

काठमाडौं । पछिल्लो चार दिनदेखि ठप्प स्थानीय निकाय आजबाट खुलेको छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी संघ, संगठनका प्रतिनिधिबिच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर काममा फर्किएका छन् ।
मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबिच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मन्त्रालयका सल्लाहकार माधव सापकोटाले जानकारी दिए ।
चार दिनदेखि स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्नेलगायत माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।आन्दोलन कारण पछिल्लो ४ दिन सेवाग्राहीहरु मारमा परेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment