गोदक, ४ फागुन : ड्यूटी गर्ने क्रममा सहादत प्राप्त गरेका इलाम गोदक–१का प्रहरी जवान अर्जुन योञ्जनको स्मृतिमा सालिक निर्माण गरिएको छ । उनको परिवारले गोदक–१ स्थित सिलपुरको आँगनमा सालिक निर्माण गरेका हुन् । योन्जनको गत २०७२ साल फागुन १ गते झापा ज्यामिरगढीको सतिघट्टा प्रहरी चौकीमा ड्यूटीमा रहँदा मृत्यु भएको थियो । बेहोस अवस्थामा रहेका योञ्जनको उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी ३ वर्ष अघि मात्र प्रहरीमा भर्ना भएका थिए । उनको सम्झनामा परिवारले एकलाख ५० हजार रुपैयाँ खर्च गरेर सालिक बनाएका हुन् । मूर्तिकार नरेश थुलुङले डेढ महिनामा अर्जुनको प्रतिमा बनाएको बुबा दिलबहादुर योञ्जनले बताए । दुई छोरा मध्ये योञ्जन कान्छो छोरो रहेको उनकी आमा सुमित्रा योञ्जनले बताइन् । उनको सालिक एक कार्यक्रमका बिच अनावरण गरिएको छ । इलामका प्रहरी उपरीक्षक सुशिलकुमार यादवले सालिक अनावरण गरेका हुन् । उनले जनताको सेवा तथा सुरक्षामा प्रहरी सदैव कटिबद्ध रहेको बताए । कार्यक्रममा नेपाली कांगे्रस गोदक सभापति रिखीलाल गौतम, माओवादी केन्द्रका भिष्म प्रधान भोजराज लगायतले बोलेका थिए ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment