नमीन ढकाल
इलाम, १९ फागुनः इलामको एकतप्पा बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले आफनो जित भएको दावी गरेपनि क्याम्पस प्रशासनले भने स्ववियु निर्वाचन नभएको बताएको छ । अनेरास्ववियुका जिल्ला देखी केन्द्रिय तहका नेताहरुले पत्रकार सम्मेलन तथा सामाजिक सञ्जालमा नै आफनो जित भएको दावी गरेपनि क्याम्पसमा स्ववियु प्रक्रिया नै अघि नबढेको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद भट्टराईले चियाबारीलाई जानकारी दिए । उनले भने ‘क्याम्पसमा चुनाव भएको छैन, केही विद्यार्थी संगठन प्रक्रियागत रुपमा आएकाले हाम्रो समिति सर्वसम्मत घोषणा गरिदिनुप¥यो भन्दै दबाव दिएपनि समयमा नआएकाले स्ववियु निर्वाचन स्थगन गरिएको हो ।’

अनेरास्ववियु केन्द्रिय सदस्य रविन्द्र सुवेदीले हामीसँगको सम्र्पकमा त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुरुप उमेद्धवारी दर्ता गरिएकोमा अनेरास्ववियु देखी बाहेक अन्य संगठनले दर्ता नगरेपछि सर्वसहमत समिती गठन भएको दावी गरे । उनले क्याम्पसमा हिमाल खनालको नेतृत्वमा ११ सदस्यीय कार्य समिति बनेको बताए ।
यता अखिल क्रान्तिकारी जिल्ला समिती इलामले एकतप्पा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले स्ववियु निर्वाचन सहित आफनो जित भएको भ्रामक समाचार बाहिर ल्याएको भन्दै घोर भत्र्सना गरेको छ । अध्यक्ष प्रकाश परियार हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘एमाले निकट अखिल केन्द्रिय अध्यक्ष नविना लामा लगायत अन्य जिम्मेवार मित्रहरुले स्ववियु निर्वाचन नै नभएको क्याम्पसमा विजय गरेको भन्ने भ्रमपुर्ण गलत समाचार प्रचारबाजी गरेर हामीलाई दुखित र आक्रोसित बनाएकाले सत्य तथ्य नबुझी यस्ता घटिया र घिनलाग्दा अविश्वसनिय हर्कत र दुश्प्रयास नगर्न चुेतावनी र चुनौती दिन चाहान्छौ ।’
नेवि संघका कार्यवाहक अध्यक्ष प्रकाश भट्टराईले इकाइ समितीलाई स्ववियुको नाम दिएको बताए । उनले भने ‘एकतप्पा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको इकाइ समिती गठनलाई स्ववियुको नाम दिएर समिती बनाएका हुन । स्ववियु निर्वाचनका लागी सवै संगठन नवोलाइ घोषणा नहुने भएकाले यो फेसवुके समिती हो ।’

0 comments:
Post a Comment