अहेब संदिप भट्टको लापरवाहीबाट, जिर्मलेमा ‘करुणा’को कार्यक्रममा कठिनाई

गोविन्द पौडेल

जिर्मले, १९ फागुनः तात्कालिन जिर्मले स्वास्थ्य चौकीका अहेब संदिप भट्टको हेल्चेक्राईंले अपाङ्गताको क्षेत्रमा कियाशिल रहेको करुणा फाउन्डेसनको कार्यक्रमलाई नै प्रभावित पार्ने र सम्पर्क विहिन भएपछि जिर्मलेका नागरिकहरुले उनको काम प्रति आपत्ति गरेका छन् । समाजबाट अपाङ्गता हटाउन र अपाङ्गता भएकाहरुको लागि सहयोगी संस्थाको रुपमा विगत दुई वर्षदेखि जिर्मलेमा क्रियाशिल रहेकामा सन् २०१६को कार्यक्रम संचालन समितिका सचिव तथा तत्कालिन जिर्मले स्वास्थ्य चौकीका अहेब संदिप भट्टले स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस सचिव डाकबहादुर घतानीलाई समेत थाहै नदिई संस्थाको बैंक खाताबाट अनुमानित चारलाख रुपैंयाँ निकालेको र त्रैमासिक समीक्षामा समेत सहभागी नभई नयाँ वर्ष लागेर नयाँ कार्यक्रम शुरु हुने समयमा समेत फरफारक नगरी नयाँ अहेवलाई बरबुझारथ नगरेको करुणा फउन्डेसन जिर्मलेका सुपरिवेक्षक कुबेर निरौलाले स्थानीयबासीलाई जानकारी दिएपछि अहेबको व्यवहार प्रति नागरिकहरुले आपत्ति जनाएका हुन् । 
अहेव भट्ट अध्ययन बिदा लिएर गएपछि गत मंसिर १६ गतेबाट आएका इन्चार्ज सुनिल पोखरेलले आफूले नियमानुसार अहेब भट्सँग बरबुझारथ लगायतका कामका लागि सम्र्पक गर्दा भोलीपर्सी भन्ने गरेको तर हालसम्म कार्यालयमा नआएको र फोन समेत बन्द गरेकोले आफूले अघिल्लो वर्षको कार्यक्रम बारेमा केही थाहा नभएको बताए । यता सरकारी जिम्मेवारी बोकेका एक कर्मचारीको व्यवहारले जिल्लाकै दुर्गम गाउँका नागरिकले पाउने सेवा र सुविधा धरापमा पर्नेभए त्यसता गैर जिम्मेवार कर्मचारीलाई तुरुन्तै कारवाही गरिनुपर्ने माओवादी केन्द्र जिर्मलेका इन्चार्ज तथा संयन्त्र सदस्य होम तामाङ्गले बताए ।
यता दुईवर्ष काम गरिसकेको करुणा फाउन्डेसनले जिर्मलेमा थप एक वर्ष काम गर्ने सम्झौता भएको छ । सन् २०१७ को लागि करुणा फाउन्डेसनले ३० प्रतिशत लगानी रहने गरी कूल चारलाख ६ हजार नौसय ५० रुपैयाँको काम गर्ने प्रस्ताव रहेकोमा जिर्मले गाविसले ३ लाख ८ हजार चार सय पैसठी रुपैंयाँ लगानी गर्ने भएको हो । बुधबार भएको तेश्रो वर्षको सम्झौता कार्यक्रममा करुणा फाउन्डेसनका कुबेर निरौला र स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस अध्यक्ष डाकबहादुर धतानी राजनैतिक दलका प्रतिनिधि, नागरिक वडा मञ्चका संयोजकहरु, बाल क्लबका प्रतिनिधि र स्वास्थ्य चौकी जिर्मले बिचमा सम्झौता भएको छ । यता जिर्मले करुणा फाउन्डेसनले काम गर्न थालेपछि अपाङ्गता भएका नागरिकहरुको स्वास्थ्य स्थिति सुधार र जीवनस्तर सुधारमा सहयोगी देखिएकोले संस्थाको कामको निरन्तरताको लागि अनुरोध गरेको स्थानिय सन्त गोलेले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment