इलाम, १९ फागुनः नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर मावि खेलकुद प्रतियोगिता इलाममा शुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषद्को संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद प्रतियोगिता सुरु भएको हो ।
नेपालटार उच्च माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबारबाट शुरु भएको प्रतियोगिताको इलामका ३० वटा विद्यालयको सहभागीता रहेका छ । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका थिए । फागुन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा भलिबल, एथ्लेटिक्स लगायतका खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादूर राईले बताए । खेलकुद विकास समितिका अध्यक्ष जितबहादूर राईको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रमा जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी धु्रवबहादूर खड्का, जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम, प्याव्सन इलामकी अध्यक्ष नुनुमा राई, नेपाल शिक्षक महासंघ इलामका अध्यक्ष पूर्णप्रसाद गौतम र खेलकुद विकास समितिका उपाध्यक्ष भाइचुङ लामाले शुभकामना मन्तव्य राखेका थिए ।


0 comments:
Post a Comment