इलाम, १९ फागुुन: ससस्त्र प्रहरी वल श्रीअन्तुु गुुल्म इलामले बरबोटे स्थित बिब्ल्याँटेबाट बिहीबार चालीस हजार मुल्य बराबरको अवैध एक सय चौवालीस बोतल रक्सी बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्रकाजी निरौलाको कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा माईमझुवाबाट इलाम तर्फ अवैध रुपमा ल्याइँदै गरेको रक्सी बरामद गरेको जनाइएको छ । भारतीय सिक्किम ब्राण्डको सो रक्सी बरामद गरि करिब ४ बजे जिल्ला प्रशासन कार्यालय इलामका प्रतिनिधि खरिदार रमेश गुरागाईको रोहबरमा आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय भद्रपुर झापा मातहत रहेको करदाता सेवा कार्यालय इलाममा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।
सो रक्सी बिहान करिब १० बजे बरामद गरिएको जनाइएको छ ।

0 comments:
Post a Comment