इलाम, २९ फागुुन: फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु पूर्णिमा, पूर्वी पहाडी जिल्लाहरुमा पनि धुमधामका साथ मनाईएको छ । पूूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुुङ लगायतका जिल्लाहरुमा यो पर्व हर्ष उल्लासका साथ मनाइएको छ । फागुु पूर्णिमा पहाडी र तराईका जिल्लामा एक दिनको अघिपछि मनाइने गरिन्छ । पहाडमा होली मनाइएको भोली पल्ट मात्र तराईमा यो पर्व मनाइन्छ । असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससँगै फागु पूर्णिमा मनाउने गरिएको हो । पुुिणमाकै दिनदेखि वसन्त ऋतु सुरु भएको समेत मानिन्छ ।
यस्तै सत्ययुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न लाग्दा होलिका आफै जलेर नष्ट भएको भन्ने धार्मिक विश्वास पनि छ । यो पर्वलाई सकारात्मक पर्वका रुपमा लिन र विकृतिमुक्त बनाइनुु पर्ने इलामका युुवायुुवतीहरुले बताएका छन् । होलीको दिनलाई पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुशी साट्ने दिनका रुपमा समेत मनाइन्छ । रङमा अन्य केमिकल युुक्त सामाग्री नमिसाउन र मदिराजन्य पदार्थको सेवन नगर्न क्रियाशिल युुवा ब्यवसायी मञ्च इलामका अध्यक्ष प्रकाश चापागाईको भनाई छ ।
होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । होली पर्व धार्मिक आस्था र सामाजिक संस्कृतिका रुपमा मनाउन थालिएको र यसै अनुुसार यस पर्वलाई विकास गरिनसुु पर्ने युुवा नवराज शंकरले बताए । त्यस्तै होलिका नाममा विकृति समेत भित्रिएको भन्दै यसलाई रोकथाममा समाजका युुवाहरु नै लाग्नुपर्ने इलाम सदरमुकाममा पसल सञ्चालन गरेर वसेका केशव खनालको भनाई छ । महिला हिंसा बढ्न सक्ने भन्दै युुवतीहरु सचेत रहनुुपर्ने उनको भनाई समेत छ । कसैको इच्छा विपरित रङ दल्न नहुुने र रङले छालामा असर गर्ने भएकाले सोधेर मात्र रङ दलिनुु पर्ने बिद्यार्थी रोशन राईको भनाई छ । विद्यार्थी दिपा चापागाईले पनि रङको पर्व भन्दैमा रङमा अन्य केमिकलजन्य पदार्थको मिसावट नगर्नुपर्नेमा जोड दिइन् । चिकित्सकहरुले समेत रङमा केमिकलजन्य पदार्थको मिसावट भएमा छालामा असर देखा पर्ने बताउने गरेका छन् । विगत वर्षहरुमा भन्दा यस वर्ष इलाममा होली खेल्ने युुवा युुवतीको सङ्ख्यामा बृद्धि भएको र धेरैले सडकमा निस्किएर होली पर्व मनाएको स्थानिय बताउँछन् । इलाम चौक बजारमा दिउसो ट्राफिक जाम गर्ने गरि नै होली खेल्नेहरुको भिड लागेको थियो । यस्तै जथाभावी लोला हाने वा रंग दल्नेलाई सार्वजनिक अपराधमा मुद्दा लगाउने र २५ हजार रुपैयाँ जरीवाना समेत हुने प्रहरीले जनाएको छ । आइतबार पहाडमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।
0 comments:
Post a Comment