टीका खतिवडा
इलाम, ३० फागुुनः इलाममा हात्तीपाइले रोग संक्रमित बिरामीको घट्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्याङ्क अनुुसार जिल्लामा वर्षेनी यो रोगका बिरामी घट्दै गएका छन् । हात्तीपाइले रोकथाम कार्यक्रम लागुु भएको पाँच वर्ष भइसक्दा यो रोगका संक्रमितहरु समेत घट्दै गएको हात्तीपाइले रोग नियन्त्रण कार्यक्रमका फोकल ब्यक्ति बिमल बरालले जानकारी दिए । यो कार्यक्रमको यस वर्ष छैटौं वर्ष हो । सुुरु आव ०६८÷०६९मा ६६.४ प्रतिशत प्रगति भएको उनले बताए । ०६९÷०७० मा ७०.३ प्रतिशत, ०७०÷०७१मा ८०.३ प्रतिशत, ०७१÷०७२मा ८५.१ मा प्रतिशत र ०७२÷०७३ मा आउँदा ८८.१ प्रतिशत प्रगति भएको कार्यालयको तथ्याङकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय इपिडियोनोलोजी महाशाखाले एक सर्भे गरेको र सो सर्भे अनुुसार गोदक गाविसमा १० जना र चुुलाचुुली गाविसमा ५ जनामा हात्तीपाइले रोगको जिवाणुु फेला पारेको उनले बताए । जिल्लामा हात्तीपाइले रोगका ठुुलाठुुला बिरामी नभएको तर बाहिरबाट आउनेमा यस्तो समस्या भेटिएको उनको भनाई छ । बरालका अनुुसार हाइडोशिल र महिलाहरुको यौनाङ्ग सुनिएका रोगीहरुको अप्रेसन गर्ने गरी शिविर चलाउन खोजिए पनि यस्ता रोगी नभेटिएको उनको भनाई छ ।
यो रोगको औषधि इलाम जिल्लामा आगामी चैत्र ५, ६ र ७ गते निशुुल्क रुपमा खुुवाइने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालय इलामले यस रोगको औषधि खुुवाउने भएको हो । औषधि २ वर्ष भन्दा मुनिका बालबालिकाहरुले खान नहुुने, मुुटुु, मृगौला रोगीहरु र गर्भवती महिलाहरुले खान नहुुने जिल्ला अस्पताल इलामका डाक्टर समिर चापागाईंले बताए । यो औषधि खाँदा यसले सामान्य कसै–कसैलाई वाकवाकी लाग्ने, झाडा पखाला लाग्न सक्ने भन्दै यसबाट नआत्तिन उनले आग्रह गरे । यो रोगलाई नियन्त्रण गर्न सबैले औषधि खानै पर्ने स्वाथ्यकर्मीको भनाई छ । स्वास्थ्य कार्यालयले हाल सम्म स्वास्थकर्मी, स्वयमसेविका, सञ्चारकर्मी लगायतलाई यस रोगका विषयमा जानकारी गराई सकेको छ ।
क्युुलेक्स जातको पोथी लामखुुट्टेको टोकाइबाट यो रोगको संक्रमण बढ्ने भन्दै लामखुुट्टेबाट टाढा रहने र झुलको प्रयोग गर्नुुपर्ने स्वाथ्यकर्मीको भनाई छ । जिल्लामा तीन लाख, ३८ हजार त्रिसठ्ठी जनसङ्ख्या रहेका छन् । जसमा एक वर्ष मुनिको सङ्ख्या ६ हजार ६ सय तेइस, २ वर्ष भन्दा मुनिको सङ्ख्या १३ हजार दुुई सय सत्तरी अनुुमानित गर्भवती ८ हजार त्रिचालीस, वयस्क लगायतले औषधि सेवन नगर्ने र करिब २ लाख ६६ हजार आठ सयले यो औषधि सेवन गर्ने बताइएको छ । इलाममा एक जिल्ला अस्पताल, ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४४ वटा स्वास्थ्य चौकी, एक सय छयासीवटा खोप क्लिनिक, एक सय ८८ वटा गाउँघर क्लिनिक, एक हजार ७४ जना महिला स्वयमसेविका, एक सामुुदायिक अस्पताल, पाँचवटा सामुुदायिक स्वास्थ्य इकाई र ४ वटा नगर स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

0 comments:
Post a Comment