माइ, १२ चैत्रः इलामको दक्षिणी क्षेत्र माइ नगरपालिका–३ (साविक दानाबारी–५) सोराली खोल्सामा बस दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा माइ नगरपालिका–१० (साविक चिसापानी–५) की १३ वर्षिया रुस्मा मगर रहेकी छन ।
झापाको विर्तामोडबाट चिसापानी आउदै गरेको मे १ ख ७१७ नम्बरको बस स्टेरिङ लक भएपछि अनियन्त्रित भइ पल्टिएको थियो । बसका चालक गोलधापका ३५ वर्षिय रमेश राई, माइ नगरपालिका–३ की ६० वर्षिया सिता बराइली र माइ नगरपालिका–९ की १५ वर्षिया विमला लावती घाइते भएका छन । घाइतेहरुलाई उपचारको लागी झापा तर्फ लगिएको ट्राफिक प्रहरीले जानकारी दिए । बसको साहु रमेश गुरुङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment