मिनी ट्रक दुर्घटनामा सहचालकको मृत्यु, ३ घाइते

इलाम, १६ चैत्रः मेची लोकमार्ग अन्र्तगत इलाम नगरपालिका–१० गोदकमा मिनी ट्रक दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहपुर बस्ने अन्दाजी २२ बर्षिय रन्जित मुखिया रहेका छन् । रौतहटबाट इलाम तर्फ आउदै गरेको ना १ क ४००९ नम्बरको मिनि ट्रक दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा महोतरी जिल्ला श्रीपुर–४ बस्ने ५० बर्षिय रामदरस यादव, सोही स्थान बस्ने ४४ बर्षिया फुलकुमारी यादव र चालक २९ बर्षिय अजयप्रसाद जयसबाल रहेका छन । घाइतेमध्ये चालकको इलाम अस्पताल र अन्य २ जनाको फिक्कल स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । ट्रकको ब्रेकफेल भइ सडकमा पल्टिदा किचिएर सहचालक मुखियाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पदम राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment