माइभ्याली गोल्डकपमा पुुलिसको विजयी शुरुवात


इलाम, १७ चैत : इलाममा बिहीबारबाट सुरु तेस्रो अन्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकपको उदघाटन खेलसँगै नेपाल प्रहरीले जीतको सुरुवात गरेको छ । प्रहरीले आयोजक माइभ्याली फुुटवल क्लबलाई शुुन्यका विरुद्ध तीन गोल गर्दै जीतको सुरुवात गरेको हो । जीतका लागि नेपाल प्रहरीका तर्फबाट खेलको पाँचौँ मिनेटमा जर्सी नम्वर १५ का भरत शाहले गोल गर्दै खाता खोलेका थिए भने खेलको २५ औँ मिनेटमा नेपाल प्रहरीकै जर्सी नम्बर आठका अभिषेक रिजालले अर्को गोल गर्दै नतिजालाई दोब्बर बनाएका थिए । दोस्रो हाफ पछि निकै आक्रामक शैलीमा प्रस्तुुत भएको आयोजक माइभ्यालीले निकै पटक गोल गर्ने अवसर पाए पनि सहि सदुपयोग गर्न सकेन अन्ततः इन्जुुरी समयको सदुपयोग गर्दै जर्सी नम्बर दशका तेज तामाङले गोल गर्दै टीमलाई विजयी गराएका थिए । 
लामो समय अभ्यास नभएका करण हार ब्यर्होनुपरेको माइभ्याली फुटवल संघ इलामका खेल प्रशिक्षक दर्शन भक्तराजले बताए । उनले राम्रो अवसर भए यस टिम समेत माथिल्लो तहमा प्रतिष्पर्धा गर्न सक्ने पत्रकार सम्मेलनमा बताएका थिए । त्यस्तै मैदानमा पर्याप्त घाँस नभएका कारण निकै जोगिएर खेल्नुपरेको भए पनि जीत सुनिश्चित आफुले पहिल्यै ठानेको सुमन सुवेदीले बताए । मजबुत टिमसँगको रणनीति समेत आफ्नो परक रहेको उनको धारणा रहेको छ । शुक्रबारको खेल रुपन्देही ११ बुटवल र दुुर्गापुुर स्टिल टिएसवाई कोलकत्ता भारतबिच दिउसो दुुई बजे खेल हुने आयोजकले जानकारी दिएको छ । यसैबिच संस्थागत आतिथ्यताका लागि निमन्त्रणा गरेर आयोजक माइभ्याली फूटबल क्लब र जिल्ला फूटबल संघले उदघाटन सत्रको कार्यक्रममा पत्रकार महासंघको अस्तित्व स्वीकार नगरेको भन्दै महासंघले बिहीबारको खेल बहिस्कार गरेको जनाएको छ । महासंघको बिहीबारै बसेको बैठकपछि एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले संस्थागत अस्तित्वका लागि पत्रकारहरुलाई कम आँक्ने गरि व्यवहार गरेको उल्लेख गरेको छ । महासंघ अध्यक्ष कोकिला ढकालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उद्घाटन सत्र र उद्घाटन खेलका कुनै पनि समाचार प्रकाशन प्रशारण नगर्न महासंघ सम्बद्ध सबै पत्रकारहरुलाई निर्देशित गरिएको उल्लेख छ । बिहीबार इलामका कुनै पनि रेडियोहरुले माइभ्याली गोल्डकपको प्रत्यक्ष प्रसारण गरेनन् । 
धिरेन चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले ग्रामिण तहको फुटबल विकासमा माइभ्याली गोल्डकप कोशे ढुङगा भएको बताएका छन । उनले पुर्वी पहाडी क्षेत्रको गौरवको प्रतियोगिता माइभ्याली गोल्डकपलाई आगामी दिनमापनि एन्फाबाट पुर्ण सहयोग गर्ने बताए । कार्यक्रममा नागरिक समाजका धर्म गौतम र जिल्ला फुटबल संघका अध्यक्ष निरोज खडगीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरिक्षक शुशिलकुमार यादव लगायत सुरक्षा निकायका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment