इलाम, १८ चैतः इलाममा जारी पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशिको तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलका रुपन्देही–११ विजयी भएको छ । ठुलो टुँडिखेलमा सम्पन्न खेलमा रुपन्देहीले दुर्गापुर स्टिल एफसी कोलकत्तालाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजीत गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय ट्राइवेकरबाट लिइएको हो ।
सुरुवातमा रुपन्देहीको तुलनामा दुर्गापुर स्टिल बढी आक्रमक देखिएको थियो । खेलको पहिलो गोल दुर्गापुर स्टिलका जर्सी नं ११ का बाबुलाल मन्डीले गरेका थिए । रुपन्देहीका रक्षापंक्तीलाई छलाउदै मन्डीले कोलकत्तालाई अग्रता दिलाएका थिए । खेल बराबरीमा ल्याउन रुपन्देहीले ४५ मिनेट कुर्नप¥यो । कलकत्ताले आफनो डि बक्सभित्र फाउल गरेपछि रुपन्देहीले पेनाल्टीको अवसर पाएको थियो । विजय धिमालले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । दोश्रो हाफमा दुवै टिम उतिकै आक्रमक देखिएपनि गोल गर्न भने सकेन्न । रुपन्देहीका आधा दर्जन प्रहार कोलकत्ताका गोलरक्षक एस घोषले विफल बनाइदिए । अधिकांश अन्डर नाइटिनका खेलाडीको बाहुल्यता रहेको रुपन्देहीले दोश्रो हाफमा रक्षात्मक खेल देखायो । दोश्रो हाफ र थपिएको १५ मिनेटमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइवेकरबाट गरिएको थियो । ट्राइवेकरमा रुपन्देहीका निरज बस्नेत, विजय धिमाल, लक्ष्मण रुचाल र कालु थापाले जाली चुमाए भने अफ्रिकन खेलाडी एरोनको प्रहार बाहिरिएको थियो । कोलकत्ताका लागी विदेशी खेलाडी मिरडा र ज्याक्सनको बलले पोष्टको दिशा लियो भने सेमुएल्स र विवेक सिंहले गोल गर्न सकेनन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका कोलकत्ताका बाबुलाल मन्डी म्यान अफ दि म्याच घोषित हुँदै नगद ७ हजार प्राप्त गरे । खेलपछि प्रतिक्रिया दिँदै रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले विपक्षी खेलाडीले आक्रमक खेलेका कारण आफुहरु अधिकांश रक्षात्मक खेलको बताए । गतवर्ष समेत कोलकत्तालाई पराजीत गरेका कारण जीत हुनेमा ढुक्क भएपनि कोलकत्ताले कडा चुनौती दिएको बताए । यता कोलकत्ताका टिम म्यानेजर असिन रोयले रेफ्रिका गल्तीका कारण पराजीत भएको प्रतिक्रिया दिए । रेफ्रीले डि बक्सभित्रका फाउल र हेन्डबल नदिएपछि पराजीत भएको बताए । दोश्रो हाफमा ३ जना खेलाडीहरु घाइते भएका कारण जीतबाट विमुख हुने परेको उनको प्रतिक्रिया थियो । जीतसँगै रुपन्देहीले चैत्र २० गते सेमीपmाइनल प्रवेशका लागी गत वर्ष विजेता झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ । भोली हुने खेलमा खर्साङ–११ र विभागीय टोली नेपाल आर्मीबिच प्रतिस्पर्धा हुनेछ । आर्मी गतवर्ष झापासँग पराजित बन्दै उपविजेता भएको थियो ।
0 comments:
Post a Comment