नमीन ढकाल
इलामः १९ चैत्रः इलाममा जारी तेस्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली गोल्डकपकामा विभागीय टिम त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । आर्मीले पाहुना टोली कञ्चनजंघा एफसी सिलिगुरी भारत माथी २–१ को तीत दर्ता गरेको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा शुरुवाती अग्रता आर्मीले लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा आर्मीका जर्सी नं १८ का राजीव गुरुङले हेड मार्फत गोल गदै अग्रता दिलाएका थिए । दोस्रो हाफको ३१ औ मिनेटमा कप्तान भरत खवासले गोल गर्दै अग्रता दोब्बर बनाए ।
खेलका फर्किदै कञ्चनजंघाले अग्रता कम पा¥यो । खेलको ४० औ मिनेटमा कञ्चजंघाका सब्टिच्यटु खेलाडी जर्सी नं १८ का पेमा भुटियाले सान्तवना गोल गरे । उत्कृष्ट खेल प्रर्दशन गरेका आर्मीका कप्तान भरत खवास म्यान अफ दि म्याच चुनिँदै नगद ७ हजार प्राप्त गरे । खेलपछि प्रतिक्रिया दिँदै कञ्चजंघाका प्रशिक्षक दिनकर क्षत्रीले अर्को टिमको सट्टामा आमन्त्रण गरिएकाले सोचे अनुरुप तयारी हुन नसक्दा पराजित हुनुपरेको बताए । आफनो टिमको मुख्य ५ जना खेलाडी अल इन्डिया लिगमा सहभागीता जनाउन गएका कारण अपेक्षिकृत खेल देखाउन नसकेको उनको प्रतिक्रिया थियो । यता आर्मीका प्रशिक्षक नविन न्यौपानेले गत वर्षको भन्दा मैदान फरक भएका कारण आफना खेलाडीले सोचे अनुरुपको खेल प्रर्दशन गर्न नसकेको प्रतिक्रिया दिए । ‘गत वर्ष कडा मैदान थियो यस पटक नरम बनाएर दुवो रोपिएकाले कारण खेलाडीहरुलाई बल होल्ड गर्न कठिन भयो’ । सेमीपmाइनल प्रवेशका लागी आइतबार अग्नी रुपन्देही–११ र साविक विजेता रमपम झापा–११ विच प्रतिस्पर्धा हुने छ । झापा बाइ पाएर क्वाटरफाइनल प्रवेश गरेको हो ।

0 comments:
Post a Comment