गोलरक्षक नायक बन्दा झापा सेमीफाइनलमा

नमीन ढकाल

इलाम, २० चैत्र । रमपम झापा–११ इलाममा जारी तेश्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माइभ्याली गोल्डकपको सेमीपmाइनल प्रवेश गरेको छ । आज भएको निकै नै प्रतिस्पर्धात्मक  खेलमा अग्नी रुपन्देही–११ लाई ट्राइवेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै झापाले सेमीपmाइनलको यात्रा तय गरेको हो । झापाको जितमा गोलकिपर किशोर गिरी नायक बने । उनले ट्राइवेकरमा निरज बस्नेतको बल बचाउ गरेपछि झापाको सेमीफाइनल यात्रा सहज बनेको हो । निर्धारित ९० मिनेट र थपिएको १५ मिनेटमा दुवै टिमबाट गोल नभएपछि निर्णय ट्राइवेकरबाट लिइएको हो । ट्राइवेकरमा झापाका रजीन धिमाल, रन्जित श्रेष्ठ, पुजन उपरकुट्टी र कर्ण लिम्बुको प्रहारले पोष्टको दिशा लियो भने दिलेन लोक्तामको प्रहार रुपन्देहीका गोलरक्षक सोजित गुरुङले बचाउ गरे । रुपन्देहीका बिजय धिमाल, कालु थापा र लक्ष्मण रुचालले मात्र गोललाई पोष्टको दिशा दिए । निरज बस्नेतको प्रहार झापाका गोल रक्षकले बचाए भने हेमन गुरुङको बल बाहिरिएको थियो ।
 दुवै टिमले गोल गर्ने आधा दर्जन अवसरहरु खेर फाले । खेलको १२ औ मिनेटमा झापाका कप्तान कर्ण लिम्बुको क्रस पासलाई विशाल राईले गोल गर्न सकेन्न । विशालको प्रहार क्रसबारमा ठोकिएर फर्किको थियो । त्यसै गरी २९ औ मिनेट कर्ण लिम्बु वान भर्सेस वानको अवस्थामा गोल गर्नबाट चुके । ४० औ मिनेटमा रुपन्देहीका हेमन गुरुङको प्रहार गोलरक्षक किशोर गिरीले बाहिर पठाइदिए । ६० औ मिनेटमा झापाका रन्जित श्रेष्ठको प्रहार गोलपोष्ट माथीबाट बाहिरियो । आइतबारको खेलका ४ वटा पहेलो कार्ड प्रयोग भयो । रुपन्देहीका लक्ष्मण रुचाल,निरज बस्नेत र विदेशी खेलाडी मौसा कामानगेट र झापाका दिलेन लोक्तामले पहेलो कार्ड पाए । खेलपछि प्रतिक्रिया दिँदै झापाका प्रशिक्षक सन्जय राईले भरपर्दा स्ट्राइकर सन्जोग राई र नगेन्द्रमणी लिम्बु घाइते भइ खेलमा सहभागी नसक्दा अपेक्षिकृत खेल देखाउन नसकेको बताए । यता रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले रेफ्रीका गल्तीका कारण पराजित हुनुपरेको बताए । ‘रेफ्रीले स्ट्रीक्ली खेलाएको भए आजको खेल हामी जित्थ्यौ’ ।
 अघिल्लो संस्करणमा कर्ण लिम्बुको ह्रयाट्रिकको मद्धतले सेमीफाइनलमा झापाले रुपन्देहीमाथी ४–० को जित दर्ता गर्दै फाइनल प्रवेश गरेको थियो । रुपन्देहीले गत चैत्रमा संकटालाई पराजित गर्दै नेपालगञ्ज गोल्डकपको उपाधी जितेको थियो भने फागुनमा मोरङलाई हराउदै उदयपुर गोल्डपको उपाधी समेत आफनो पोल्टामा पारेको थियो । झापा–११ ले गत पुषमा सम्पन्न काकडभिट्टा गोल्डकपमा विभागीय टिम शसस्त्र प्रहरीलाई हराउँदै उपाधी जितेको थियो ।
  सोमबार हुने तेश्रो क्वाटरफाइनलमा नेपाल प्रहरी र लक्ष्मी हुन्डाइ मनाङ मस्याङदीविच प्रतिस्पर्धा हुनेछ । झापाका गोल रक्षक किशोर गिरी म्यान अफ दि म्याच चुनिँदै नगद ७ हजार प्राप्त गरे । झापाले २४ गते हुने सेमीफाइनलमा सिएमजी संकटा र विभागीय टिम शसस्त्र प्रहरीविचको बिजेतासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment