पश्चिमी वायुको प्रभावका कारण आज देशभरिकै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रको केही ठाउँमा दिउँसो फाट्टफुट्ट पानी पर्नेसम्भावना रहेको महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार बेलुकापख काठमाडौं लगायत मध्यनेपालका केही ठाउँमा मौसम बदलीभइ पानी पर्न सक्नेछ । पश्चिमी वायुको प्रभावका कारण केहीदिन यता मौसम बदली भएको र अझै दुई दिनसम्म यस्तै रहने महाशाखाले जनाएको छ । दुई दिनपछि भने पश्चिमी वायुको प्रभाव कम भइ तापक्रम बढ्न महाशाखाको अनुमान छ ।

0 comments:
Post a Comment