इलाम, २८ चैतः इलाम नगरपालिका–३ गोलबस्तीबाट चितुवाको बच्चा उद्धार गरिएको छ । गाउँलेहरुले ध्वासे चितुवाको बच्चा भेटेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । वन कार्यालयबाट गएको टोलीले स्वास्थ्य परिक्षण गर्दा तन्दुरुस्त रहेपछि साविक इलाम नगरपालिका–४ (हाल इनपा–९)को राजदुवाली सामुदायिक वन उपभोक्ता समुहको खण्ड नं २ को खाल्डेमा लगेर छोडिएको जिल्ला वन कार्यालयका रेञ्जर अमृतविलास पन्त जानकारी दिए । चितुवाको बच्चा करिब ३ महिनाको रहेको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment