इलाम, ३० चैत ः बिहीबार आज देखि इलाम सदरमुकाम स्थित ठुुलो टुँडिखेलमा उद्यमी मेला २०७४ सुरु हुँदैछ । चैत्र ३१ बाट सुरु भएर २०७४ साल बैशाख २ गते सम्पन्न हुने मेला इलाम उद्योग वाणिज्य संघको महिला उद्यमी ईकाइले आयोजना गरेको हो । वि.सं.२०६८ सालबाट निरन्तर ५ वर्ष इलाम चौक बजारमा सडक महोत्सव गर्दै आएको उद्यमी ईकाइले यस वर्षदेखि मेलाका रुपमा टुुँडिखेलमा गर्ने भएको मेला आयोजक समिति संयोजक अनुुजा सुुवेदीले जानकारी दिइन् । स्थानिय स्तरमा उत्पादन भएका वस्तुुहरुको प्रसारप्रचार गर्ने र बजारको खोजी गर्ने उद्देश्यले सञ्चालित मेलामा महिलाहरुको ब्यवसायिक क्षमताको समेत बृद्धि हुने अपेक्षा आयोजकले लिएको छ । महिलाहरुको ब्यवसायिक क्षेत्रमा पहुँच बढाउने, पर्यटन उद्योग विकास गराउँदै इलामलाई पर्यटकिय गन्तब्यको रुपमा चिनाउने उद्देश्यले आयोजित मेलामा एक लाख बढि पर्यटक भित्रियाउने लक्ष लिइएको छ । मेलामा ५० वटा स्टल रहने र ७० लाख रुपैंयाँ बढिको कारोवार हुुने आयोजकले जानकारी दिएको छ ।
स्टलमा अष्ट्रिज चरा, गार्मेन्टका सामान, हावा मिठाई, चुस्की गोला तथा मानव स्वास्थ्यको लागि प्रसार प्रचार सम्बन्धि जानकारी, साहित्यिक र सांस्कृतिक कार्यक्रम रहने बुुधबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । मेला सफल बनाउन विभिन्न उपसमिति समेत निर्माण गरिएको छ ।
यसैगरि इलामको सुुर्योदय नगरपालिका स्थित फिक्कलमा सञ्चालित सुुर्योदय सडक महोत्सव तथा आदिवासी जनजाती खाना उत्सव बुुधबार सम्पन्न भएको छ । सुुर्योदय होटल ब्यवसायी संघ र आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद सुुर्योदयले आयोजना गरेको महोत्सवमा कति कारोवार भयो भन्ने यकिन हुुन नसकेको आयोजक समितिका सचिव युुवराज प्रधानले जानकारी दिए ।
0 comments:
Post a Comment