इलाम, २ वैशाखः चट्याङ लागेर इलाममा एक जनाको मृत्यु भएको छ । घरको बारदलिनमा बसिरहेका सञ्जिव राईको शनिबार दिउसो मृत्यु भएको हो । सविकको चमैता, हालको देउमाई नगरपालिका २ बाघसिला स्थित घरमै बसिरहेका दलबहादुर राईको छोरा सञ्जिवलाई चट्याङले लागेर घाईते भएका थिए । उपचारको लागि जिल्ला अस्पतालतर्फ ल्याउदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सञ्चार विभागका विजय मुकारुङले बताए । राईको लास जिल्ला अस्पताल इलाममा पोष्टमार्टमको लागि राखिएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment