चियाबारी समाचार संगालो दिन भरी इलाममा के के भयो सवै समचार एकै ठाउँ हेर्नुहोस


खानेपानीको योजना सम्पन्न
साङरुम्बा, ५ बैशाखः इलाम नगरपालिका–१२ मा निर्माणाधिन युनिसेफ खानेपानी तथा सरसफाइ आयोजनाको पहिलो चरणको काम सम्पन्न भएको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट प्राप्त ५ लाख रुपैयाँ र स्थानिय जनश्रमदान २ लाख रुपैयाँ बराबरको काम सम्पन्न गरिएको हो ।  पञ्च वर्षिय योजना अन्र्तगत यस वर्ष १० हजार लिटरको टयाङकी निर्माण, साविक साङरुम्बा १ देखि ३ नम्बर वडासम्म १ हजार मिटर पाइप बिस्तार गर्दै ११ वटा धारामा पानी पु¥याइएको आयोजनाको सचिव मंगलसिंह लिम्बुले जानकारी दिएको चियाबारीकर्मी धमप्रसाद जवेगुले बताएका छन् ।  गत फागुन २५ गतेबाट सुरु भएको आयोजना बैशाख ४ गते पहिलो चरणको काम सम्पन्न भएको हो । आयोजनाबाट १ सय ८ घर लाभान्वित हुने भएका छन । आगामी वर्षको बजेटबाट धारा निर्माण गरिने सचिव लिम्बुले बताए ।
योजना छनौट कार्यक्रम सम्पन्न
साङरुम्बा, ५ बैशाखः जनसेवा महिला कृषि सहकारी संस्था इलाम नगरपालिका १२ ले संस्थाको योजना छनौट कार्यक्रम सम्पन्न भएको छ । प्याक्टको २ लाख ९७ हजार र संस्थाको ९० हजार रुपैयाँ बराबरको योजनाको छनौट गरिएको हो । यस वर्ष एउटा पावर टिलर, १५ वटा हिलट्याङक, १५ वटा तरकारी बोक्ने क्यारेट, ३ वटा विषादी छिटने स्प्रे र अन्तर जिल्ला भ्रमणका लागी ५० हजार बजेट छुटयाएको छ । संस्थाकी अध्यक्ष भिमाकुमारी राईको अध्यक्षतामा भएको कार्यक्रम सचिव यमुना रिजालले संचालन गरेकी थिइन ।
जिपबाट खसेर बालिकाको ज्यान गयो
माङसेबुङ, ५ बैशाखः इलामको दक्षिणी क्षेत्र माङसेवुङ गाउँपालिका–३ स्थित इभाङ– गजुरमुखी सडक खण्डमा सोमबार बोलेरो जीपबाट खसेर एक बालिकाको ज्यान गएको छ । झापाको दमकबाट गजुरमुखी तर्फ जादै गरेको मे१ज १३६४ नम्बरको बोलेरो जीपबाट खसेर उर्लावारी–५ बस्ने विकाश श्रेष्ठकी ६ वर्षिया छोरी शिखा श्रेष्ठको ज्यान गएको हो ।  गजुरमुखी दर्शन गर्न बाबुसँग आएकी शिखा गाडीको ढोका उघ्रिएर लडेकी थिइन । उनलाई जीपको पछाडिको चक्काले किचेपछि घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे मोरङमा पोष्टमार्टमा गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । सवारी चालक अजय लावती जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा छन ।
चुलाचुली गाउँपालिकामा लिम्बुवानको उम्मेद्वार चयन
चुलाचुली, ५ वैशाखः संघिय लिम्बूवान पार्टी, नेपालले  चुलाचुली गाउँपालिकामा स्थानीय तह निर्वाचन उपयोगको लागि व्यापक रूपमा अगुवा कार्यकर्ताहरु बीच प्रशिक्षणसहित औपचारिक रूपमा उम्मेदवारी घोषणा सुरु गरिएको छ । स्थानीय तह चुनावको उपयोगको लागि संघीय लिम्बुवान पार्टी नेपालबाट चुलाचुली गाउँपालिकाको लागि विधिवत रुपमा  अध्यक्ष उम्मेदवरमा भुपेन्द्र योङ्यालाई सर्वसम्मत चयन गरेका हो ।
त्यस्तै, चुलाचुली वार्ड नं. २ को अध्यक्षमा लिला लावती, सदस्यहरुमा मणिकुमार इधिङ्गो, कुमार विश्वकर्मालगायत चुनिएका छन् । चुलाचुली ३ मा हाइजन आङ्थुपो अध्यक्षमा, प्रस्तावित सदस्यहरुमा हर्क मगर, अमृत देवान र राधा वर्देवा उम्मेदवारी चुनिएका हुन् । वडा नं. ४ मा अध्यक्ष उम्मेदवार चेतन आङ्गथुपो सदस्यहरुमा रामकुमार जोगी, चयन भए । संघिय लिम्बूवान पार्टीको केन्द्रीय महासचिव प्रेमदीप थामसुहाङले हामी बहिष्कारमा छैनौं, २ सय ५० वर्ष अघिदेखि पछि परेको पहिचानको अधिकार प्राप्ति गर्ने स्थानीय चुनावमा स्वतन्त्र चुनाव चिन्हमा लिएर भएपनि लिम्बूवानको एक छापे मत उपयोग गरेर जाने बताए । 
चार प्रस्तावहरू माथि गरिएको छलफलले सर्वसम्त निर्णय पारित गरेका छन् । बाँकी रहेको वडाहरुमा ११ गते भित्र मा वडा उम्मेदवार चयन थप सदस्य चुनिन्दै जाने प्रस्ताव माथि निर्णय भएको छ । चुलाचुली स्थानीय तह चुनाव प्रचारप्रसारको लागि इन्चार्ज नरेश माङ्गमुको संयोजकत्वमा ४५ जना सदस्य समिति गठन गरिएको छ । पहिचानबादीहरु बीचको राजनीतिक संवादको लागि पार्टी केन्द्रीय सदस्य शरणहाङ जबेगुको संयोजकत्वमा १३ सदस्य वार्ता समिति गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment