विषाक्त च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

साङरुम्बा, ११ बैशाखः अविरल वर्षापछि पलाएको बिषाक्त च्याउ खादा इलाम साङरुम्बामा एकै परिवारका पाँच जना बिरामी भएका छन । सोमबार बिहान जंगलबाट खोजेर ल्याएको च्याउको तरकारी खाँदा इलाम नगरपालिका–१२ साङरुम्बाकी ८३ वर्षिया दलहाङमा लिम्बु, उनको छोरा ५६ वर्षिय सुकपाल लिम्बु र ५३ वर्षिय देउमान लिम्बु बिरामी परेका हुन । उनीहरुसँगै च्याउ खाएका देउमानका २१ वर्षिय छोरा सेसेहाङ, १४ वर्षिय पेरुहाङ्ग र पाहुना सुर्योदय नगरपालिकाका २५ वर्षिय साम्योग राईलाई वान्ता हुन थालेपछि इलाम अस्पताल ल्याइएको थियो । बिरामी परेका ६ जनाको इलाम अस्पतालमा उपचार सम्भव नभएपछि विर्तामोड तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment