इलाम, १५ बैशाख । शैक्षिक विकृती अन्त्यको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा तालावन्दी गरेका छन । वर्तमान शिक्षा ऐन र नियमावली विरुद्व सञ्चालित विद्यालयमा बढेको अनियन्त्रित शुल्क तथा भर्ना अभियानमा लिँदै आएको अवैध भर्ना शुल्क रोक्न देशभर विद्यार्थी संगठनले आज जिल्ला शिक्षा कार्यालयमा तालावन्दी गरेका छन । इलाममा पनि जिल्ला शिक्षा अधिकारी टंक गौतमको कार्यकक्षमा तालावन्दी गरिएको हो । यसैगरी विद्यार्थी संगठनहरुले चर्को शुल्क असुलेको आरोपमा हिजो इलामका सवै निजी विद्यालयहरुको लेखा प्रशासनमा तालावन्दी गरेका थिए । निजी विद्यालयहरुले सर्वोच्च अदालतको अवहेला गरी शुल्क बृद्धि गरेको आरोप लगाएका छन । उनीहरुले सर्वोच्च अदालतले ३ बर्षमा १ पटक शुल्क बुद्धि गर्ने आदेश दिएपनि इलामका विद्यालयहरुले बर्षेनी शुल्क बृद्धि गर्दै अभिभावकहरुको ढाड सेक्ने काम गरेको बताए । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश परियारले निजी विद्यालय व्यपारिक केन्द्रको बनेको बताए । निजी विद्यालयहरुले शिक्षा नियमाबली विपरित किताब, कापी देखी लिएर विद्यार्थीको डे«सहरु पनि चर्को शुल्क लिएर विक्री गर्ने गरेको उनले आरोप लगाए । ३ विद्यार्थी संगठनहरुले शुक्रवार अपराहन्न जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा तालावन्दी गर्दै शुल्क बृद्धि फिर्ता नहुन्जेलसम्म आन्दोलनको कार्यक्रम जारी रहने बताए । नेपालमा एक दशकमा निजी विद्यालयले १ सय ४२ प्रतिशतसम्म शिक्षण शुल्क बढाएको तथ्यांक छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment