नमीन ढकाल
इलाम, १८ बैशाखः इलामको पर्यटकिय नगरी सुर्योदयमा भएको छैटौ अन्तराष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिपको उपाधी नेपालले जितेको छ । नेपालले कुमुते तर्फ १६ स्वर्ण, ११ रजत र ९ कास्य तथा काता तर्फ १ स्वर्ण २ रजत र १ कास्य पदकका साथ च्याम्पियन बनेको हो । त्यसै गरी ४ स्वर्ण ५ रजत र २९ कास्यका तथा काता तर्फ १ कास्य साथ भारतले दोश्रो स्थान हासिल गरेको छ । ३ स्वर्ण ७ रजत र ३ कास्य र काता तर्फ १ स्वर्णका साथ भुटानले तेश्रो स्थान हासिल गरेको छ । पुरुष तर्फको बेष्ट फाइटर भुटानका कर्मा दोर्जी, महिला तर्फ नेपालकी प्रिया बस्नेत र उदयीमान खेलाडी भारतकी कावेरी नालक घोषित भइन । नेपाल सितोरियो कराते संघ इलामको आयोजनामा बैशाख १६ गतेबाट सुरु भएको प्रतियोगितामा पुरुष तर्फ २० देखी ७५ केजीमाथी तौल समुहका १३ विधा, महिला तर्फ २५ देखी ६५ केजी तौल समुहमा ११ विधा र कातामा २ वटा विधामा १०० वटा मेडलका लागी प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता समापन गर्दै नेपालको अन्तराष्ट्रिय पदक ल्याउने कराते खेल उपेक्षामा परेको बताए । उनले अघिल्लो दक्षिण एसियाली खेलमा करातेलाई हटाइएपनि तेह्रौ दक्षिण एसियाली खेलकुद नेपालमा आयोजना हुने भएकाले आयोजकको हैसियतले कराते खेललाई सहभागि गराइने बताए । सुर्योदय नगर खेल पर्यटनको अव्वल गन्तव्य भएको बताउँदै उनले कराँतेको इन्डोर स्टेडिम बनाउनका लागी आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जाहेर गरे ।
0 comments:
Post a Comment