इलाम, १८ बैशाख ः जिल्ला शिक्षा कार्यालय इलामले सोमबार जिल्ला स्तरिय प्रतिभा पहिचान गरी चारवटा विधामा उत्कृष्ट विद्यार्थी छनौट गरेको छ । जिल्लाका चौध वटै श्रोत केन्द्र मार्फत छनौट भइ आएका निजी तथा सामुुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रतियोगितामा समावेश गराइएको जिल्ला शिक्षा कार्यालय इलामका शाखा अधिकृत तथा कार्यक्रम संयोजक निर्मल ढुुङ्गेलले जानकारी दिए । विशेष सिर्जनात्मक कला, गणित, विज्ञान र भाषा साहित्य विधा गरि चार विधामा विद्यार्थीहरुको प्रतिभा मुुल्याङ्कन गरिएको थियो । विशेष सिर्जनात्मक कलामा जीतपुुर माविका युुगल लिम्बु प्रथम भएका थिए । त्यस्तै बालज्योति माविकी संगिता साम्वा द्धितिय र आदर्श मावि इलामकी एलिशा श्रेष्ठ तृतिय भएका थिए ।
गणित विधामा किरातेश्वर मावि चुुलाचुुलीका सनम तामाङ प्रथम, समता शिक्षा निकेतनका अनिश खनाल द्वितिय र जनक मावि श्रीअन्तुुकी प्रेक्षा पोख्रेल तृतिय भएका थिए । विज्ञान विधामा माइपोखरी संस्कृत माविका केशव खनाल प्रथम, राष्ट्रिय मावि फाकफोकका विशाल थापा द्वितिय तथा नेपालटार माविकी सृजना राई तृतिय भएका थिए । भाषा साहित्य विधामा भानुु मावि चुुलाचुुलीका थिरमान विक प्रथम, सरस्वती मावि कोलबुुङकी रोजिला कार्की द्धितिय तथा सिंहदेवी मावि एकतप्पाकी दिपिका श्रेष्ठ तृतिय भएकी थिइन् ।
जिल्ला शिक्षा कार्यालय इलामको वार्षिक कार्यक्रम अनुुसार नै सो कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । चार विधामा प्रथम हुुने विद्यार्थीले क्षेत्रिय स्तरको कार्यक्रममा सहभागी बन्न पाउने छन् । क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटाले आगामी जेठ १० गते भित्रमा पुुर्वाञ्चलका सबै जिल्लाबाट छनौट भईआएका विद्यार्थीहरुलाई पुुन प्रतिस्पर्धा गराई राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनौट गर्ने शाखा अधिकृत ढुुङ्गेलले जानकारी दिए । उद्घाटन कार्यक्रम जिल्ला शिक्षा अधिकारी टंक गौतमको अध्यक्षता तथा प्रमुुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा शिक्षक महासंघ इलामका अध्यक्ष पुुर्णप्रसाद गौतम, प्याब्सन इलामका अध्यक्ष विकास कर्माचार्य, धर्म गौतम, सुुरक्षा निकायका प्रमुुख, पेशागत शिक्षा संगठनका प्रमुुख, शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment