विप्लवका कार्यकर्ताले फाल्न थाले गाउँपालिकाको बोर्ड


इलाम, ५ जेठः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा गाउँपालिका कार्यालयको साइन बोर्ड फाल्न थालेका छन् । बुधबार राति मात्रै जिल्लाको दुई वटा गाउँपालिका कार्यालयमा राखिएका बोर्ड फालिएका हुन् । प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको कार्यालयको बोर्ड फालिएको छ । 
फक्ताङ्लुङ गाउँपालिकाका कार्यकारी अधिकृत रामसुन्दर थापाका अनुसार गएराति दुई÷तीन जनाको संख्यामा आएका व्यक्तिले कार्यालयको बोर्ड निकाली काटेर नजिकै खोल्सामा फालेका छन् । आपूm कार्यालय प्रमुखहरुको बैठकका लागि सदरमुकाम आएको समयमा सो घटना भएको कार्यकारी अधिकृत थापाले बताए । कार्यालयको साइनबोर्ड काटेर फाल्ने बाहेक अन्य घटना भने नघटाइएको थापाको भनाइ छ । 
उता आठराई त्रिवेणी गाउँपालिका कार्यालयको बोर्ड पनि बुधबार राति नै फालेका छन् । गाउँपालिका कार्यालयको बोर्ड फालेको भन्ने बिहीबार बिहान मात्र थाहा भएको स्थानीयले बताएका छन् ।
यता नेपाल कम्युनिष्ट पार्टीका नेता पर्शुराम पौडेल (राजन)ले स्थानीय निर्वाचन खारेजीको अभियान अन्तर्गत फक्ताङ्लुङ र आठराई त्रिवेणी गाउँपालिका कार्यालयको साइनबोर्ड फालिएको जानकारी दिए । चन्द नेतृत्वको नेकपाले ताप्लेजुङको आठराई त्रिवेणी र फक्ताङ्लुङ गाउँपालिका क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्रको रुपमा लिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment