देउमाई, ५ जेठ: शुक्रबार करेन्ट लागेर विद्युुत प्राधिकरण इलामका एक कर्मचारीको ज्यान गएको छ । साविक सिद्धिथुुम्का गाविस हाल देउमाई नगरपालिका निवासी ५० वर्षिय दाताराम पौडेलको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । देउमाई नगरपालिका ५ पुुलामी चौक नजिकै रहेको विद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा पौडेलको ज्यान गएको बताइएको छ । सात दिन अगाडी बिग्रिएको ट्रान्सफर्मर शुुक्रबार मर्मत गरेर लगेपछि बिहानैबाट बिद्युुत काटेर बनाउन थालिएको थियो । ट्रान्सफर्मर जडान गरिसकेपछि पौडेल आफैँले विद्युुत जडान गर्न लगाएको प्राधिकरण पक्षले जानकारी दिएको छ । यता स्थानियबासीले भने प्राधिकरणको लापरवाहीका कारण पौडेलको ज्यान गएको बताएका छन् । काम गर्न लगाएर अचानक प्राधिकरणका कर्मचारीले विद्युुत छोडेर दुुर्घटना भएको स्थानीयबासीको आरोप रहेको छ ।
अर्थिङको तार जडान गर्न एक कर्मचारी खाडल खन्दै गरेको अवस्थामा पौडेल भने ट्रान्सफर्मर मर्मत नै गरिरहेको बुुिझएको छ । ११ केभिए प्रशारण लाइनबाट ट्रान्सफर्मरमा ल्याइएको कालो तार (ट्रान्सफर्मरको केवल)ले पौडेलको दाहिने हातमा करेन्ट लागेर जमिनमा झरेका थिए । भुुइँमा खसेका उनलाई अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यू भएको जनाइएको छ । मृतक पौडेललाई मंगलबारेबाट इलाम पोष्मार्टमका लागि इलाम ल्याउन प्राधिकरणले बेवास्ता गरेको स्थानियबवासीले बताए । आक्रोशित स्थानियबासीले प्राधिकरणले पौडेलको मृत्यूप्रति कुुकुर मरेको जत्तीको समेत सम्मान नगरेको चियाबारी दैनिकसँगको कुराकानीको क्रममा बताएका थिए । पौडेल तीन वर्ष अगाडीबाट विद्युत प्राधिकरण मंगलबारेको फ्युज शाखामा करारमा काम गर्दै आएका थिए ।
अवरुद्ध विद्युुत जडान गर्न पौडेल एक कदम अगाडी नै रहेका थिए । विद्युुत मर्मतमा पौडेलको भुमिका प्रति स्थानियबासीले प्रशंसा नै गर्दै आएका थिए । सेवाग्राहीले पौडेललाई गरेको प्रशंसाले अन्य कर्मचारीको उनी तारो नै हुुने गरेको पनि स्थानियले बताए । यस विषयमा प्राधिकरण इलामका प्रमुुख श्रीराम सिक्देलसँग जानकारी लिन सम्पर्क गर्दा आफुु इलाम बाहिर भएकाले सबै कुरा जानकारी नभएको बताए । कर्मचारीको मृत्यू भएको जानकारी पाए पनि के कारणले यस्तो घटना भयो भन्नेबारे इलाम आएर अनुुसन्धान गर्ने चियाबारी दैनिकलाई जानकारी दिए । यस विषयमा थप जानकारी लिन उनले निमित्त प्रमुुख उमेश दाहालको नम्बर उपलब्ध गराए । उमेश दाहालले ट्रान्सफर्मर फेरीसकेपछि यस्तो दुुर्घटना भएको बताउँदै घटनाबारे आफुुलाई समेत विस्तृत जानकारी नभएको बताएका थिए । उनले पनि पौडेलसँगै रहेका कर्मचारी ललित श्रेष्ठको नम्बर उपलब्ध गराएपछि हामीले श्रेष्ठको नम्बरमा फोन सम्पर्क गर्ने प्रयास गर्दा एक महिलाले फोन उठाएर ‘गलत नम्बरमा सम्पर्क गर्नु भयो’ भन्ने जवाफ प्राप्त भयो ।
अस्थाइ कर्मचारी पौडेलको बिमा समेत नभएको बुुिझएको छ । मंगलबारेका मनकुुमार श्रेष्ठले प्राधिकरण प्रमुुख सिक्देलले मृतक कर्मचारीलाई उचित क्षतिपूर्तिकालागि पहल गर्ने प्रतिवद्धता जनाए पछि लासलाई पोष्मार्टमकालागि इलाम अस्पताल ल्याइएको छ ।
0 comments:
Post a Comment