फिक्कल ४ जेठ : जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि पूर्वी इलामको सूर्योदय नगरपालिकामा नेपाली कांग्रेसले आफ्ना उम्मेद्वार चयनमा तिब्रता दिएको छ । चुनावको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसको क्षेत्रीय समितिले सूर्योदयका १४ वटा वडामध्ये १० वटा वडामा उम्मेद्वार टुङ्गो लगाएको हो । कांग्रेसले पार्टीको तर्फबाट सूर्योदय नगरपालिकाको वडा नम्बर १ मा राजकुमार लिम्बु, २ मा प्रमोद राई, ३ मा डिसेन राई, ४ मा उमेस लेप्चा, ५ मा रविन देवानलाई उम्मेद्वार चयन गरेको हो । यसैगरि वडा नम्बर ७ मा लेखनाथ आचार्य, ९ मा पुण्य मुखिया, ११ मा सोनाम छिरिङ्ग काजी, १३ मा डिबी राई र वडा नम्बर १४ मा नर बहादूर सुवेदी चयन भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिका अनुसार वडा नम्बर ६, ८, १० र १२ मा आकांक्षी धेरै भएकाले उम्मेद्वारको टुङ्गो लाग्न सकेको छैन । यसैगरि सूर्योदय नगरपालिकामा मेयरमा तीन जना र उप–मेयरमा दुई जना टिकटको दौडमा रहेका छन् ।
मेयरका लागि क्षेत्र नम्बर १ नेपाली कांग्रेसका क्षेत्रीय सभापति दुर्गा बरालको नाम अग्रपंक्तिमा रहेको छ भने मिलन क्षेत्री र प्रेमलाल चाम्लिङ्गको नाम वडाहरुबाट सिफारिस भएर आएको छ । मिलन क्षेत्री नेपाली कांग्रेस क्षेत्रीय समितिका पूर्व सचिव हुन् भने प्रेमलाल चाम्लिङ्ग महासमिति सदस्य हुन् । यसैगरी उप–मेयरमा बन्दना अधिकारी र अनिता श्रेष्ठको दाबी रहेको छ ।
0 comments:
Post a Comment