माइ नगरपालिकामा एमालेको उम्मेद्वारीमा विवाद चुलिदै

नमीन ढकाल

माइ, ४ जेठः आसन्न जेठ ३१ गतेको दोश्रो चरणको उम्मेद्वारको बिषयमा नेकपा एमाले माइ नगरपालिकामा विवाद चुलिएको छ । नेकपा एमाले इलामले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका १० स्थानीय तहको ८१ वडाको उम्मेद्वार घोषणा गरेको भोलीपल्ट नै माइ नगरपालिकाको वडा नं ४ र ५ मा उम्मेद्वारको विवाद चुलिएको एमाले श्रोतले बतायो । नाम उल्लेख नगर्ने सर्तमा एमालेका जिल्ला तहका एक जना नेताले २ वटा वडाका वडाध्यक्षको सम्वन्धमा विवाद चुलिएको बताए । माइ नगरपालिकाको ४ नम्वर वडामा ९ जनाको दावेदारी रहेकोमा जिल्ला कमिटीले सुर्य प्रसाद दुलाललाई उम्मेद्वारको रुपमा अघि सारेको छ । त्यसै गरी ५ नम्बर वडामा ६ जनाको दावेदारी रहेकोमा गम्भिरबहादुर तामाङको उम्मेद्वारी जिल्लाले स्विकृत गरेको थियो । अन्य वडा र सदस्य पदमा भने हालसम्म असन्तुष्टि आएको छैन । नेकपा एमाले जिल्ला कमिटीलाई वडा अध्यक्ष र सदस्यहरुको अन्तिम नामावली टुुङ्गो लगाउने अधिकार भए बमोजिम बुधवार पत्रकार सम्मेलन गरी उम्मेद्वारहरु सार्वजनिक गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment