इलाम १५ जेठ: नेपाली कांग्रेसले लामो समयको छलफल पछि इलामका सबै स्थानीय तहमा आसन्न निर्वाचनका लागि प्रमुख उप प्रमुखको उमेद्वार छनौट गरेको छ । असार ९ गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै नगरपालिका र गाउँपालिकामा प्रमुख उप प्रमुखको उमेद्वार चयन गरेको एक कांग्रेस नेताले बताए ।
नेपाली कांग्रेसले इलाम नगरपालिकाको मेयरमा हिमाल कर्माचार्यलाई तोकेको छ । उनी नेपाली कांग्रेस इलामका सभापति हुन् । उप मेयरमा नेपाल महिला संघ केन्द्रिय सदस्य तथा महासमिति सदस्य चन्दा कार्की चयन भएकी छन् । कांग्रेसले सूर्योदय नगरपालिकाको मेयरमा दुर्गा बराल र उप मेयरमा बन्दना अधिकारी चयन भएकी छन् । मेयरका उमेद्वार दुर्गा बराल नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति हुन् भने बन्दना अधिकारी महासमिति सदस्य हुन् । यस्तै रोङ गाउँपालिकाको अध्यक्षमा समसेर राई र उपाध्यक्षमा चन्द्रकला राई बुडाथोकी चयन भएकी छन् । समसेर जिल्ला सदस्य हुन् भने चन्द्रकला नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष हुन् । यस्तै चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाल तरुण दलका क्षेत्रीय सभापति राजेन्द्र केरुङ्ग र उपाध्यक्षमा महासमिति सदस्य लक्ष्मी मिश्र चयन भएकी छन् । यस्तै माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुुनु माखेम चयन भएकी छन् । यसैगरि माई नगरपालिकाको मेयरमा बिष्णु कार्की र उप मेयरमा चन्द्रकला लिम्बु चयन भएकी छन् । कार्की नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हुन् भने उप मेयरकी लिम्बु सहिद पत्नि हुन् । कांगे्रसले देउमाई नगरपालिकाको मेयरमा होम दुलाल, उप मेयरमा सूर्यकला राई चयन भएकी छन् । मेयरका प्रत्यासी होम दुलाल पूर्व जिल्ला उप सभापति हुन् भने सूर्यकला क्षेत्रीय सह सचिव हुन् । यस्तै फाकफोक थुम गाउँपालिकाको अध्यक्षमा राम श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा डालाकुमारी बिष्ट चयन भएकी छन् । श्रेष्ठ जिल्ला सदस्य हुन् भने डाला कुमारी पूर्व शिक्षिका हुन् । यस्तै माई जोगमाई गाउँपालिकाको अध्यक्षमा सिटी शेर्पा र सन्दकपुर गाउँपालिकाको अध्यक्षमा देवेन्द्र सुवेदी चयन भएका छन् । उम्मेद्वारको नाम केन्द्रमा पठाउने र मात्र नामावली सार्वजनिक गरिने कांग्रेस श्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसले जिल्लाका ८१ वटै वडामा वडाअध्यक्ष र सदस्यको चयन गरेको छ । कांग्रेसले इलाम नगरपालिकाको वडा नम्बर १ मा पर्सुराम घिमिरे, २ मा अच्युत निरौला, ३ मा तिर्थ गुरुङ्ग, ४ मा नुतनदेव दुलाल, ५ मा पदम पौडेल, ६ मा केदार मिश्र, ७ मा नरेश श्रेष्ठ, ८ मा होम बस्नेत, ९ मा गोपाल चौहान, १० मा ऋषिराम गौतम, ११ मा रविन एक्तेन र १२ को वडाध्यक्षमा नाखमान लिङ्दम चयन भएका छन् ।
0 comments:
Post a Comment