नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना, क्याप्टेन गुरुङको मृत्यु (फोटोसहित)


काठमाडौं । एन ए जिरो फोर एट नम्बरको नेपाली सेनाको विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो । त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेलमा पुगेको छ र विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । विमान दुर्घटनामा क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ भने अन्य क्षतिहरुको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । न्युज ट्वान्टी फोरबाट



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment