टीका खतिवडा
इलाम, १६ जेठ: सरकारले सोमबार प्रस्तुुत गरेको वार्षिक वजेट अनुसार इलामका अन्य नगरपालिकामा भन्दा सवैभन्दा वढि वजेट इलाम नगरपालिकामा पठाउने भएको छ । इलाम नगरपालिकामा ४६ करोड ८८ लाख ५१ हजार बजेट छुुट्याएको छ भने सवैभन्दा कम देउमाई नगरपालिकामा छुुट्याएको छ । देउमाइ नगरपालिकामा ३२ करोड १० लाख ६८ हजार मात्र वजेट आउने भएको अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुुत गरेको वजेटमा उल्लेख गरिएको छ । त्यस्तै सुुर्योदय नगरपालिकामा ४५ करोड ९० लाख ७० हजार रकम विनियोजन गरिएको छ । जुुन इलामका अन्य नगरपालिकाको तुुलनामा दोस्रो ठुुलो आकारको वजेट हो । माइ नगरपालिकामा ३२ करोड ६४ लाख ४२ हजार वजेट बिनियोजन हुुने भएको छ । माइ नगरपालिकामा आउने तेस्रो ठुुलो वजेट हो । जिल्लाको माई नगरपालिका नयाँ नगरपालिका समेत हो । गाउँपालिकामा भने सवैभन्दा वढि वजेट फाकफोक थुुम गाउँपालिकामा आउने भएको छ भने सवैभन्दा कम सन्दकपुुर गाउँपालिकामा आउने भएको छ । इलामका गाउँपालिकाको सवैभन्दा वढि रकम २५ करोड ६३ लाख ९७ हजार रहेको छ जुुन फाकफोक थुुम गाउँपालिकाका लागि विनियोजन गरिएको छ । सवैभन्दा कम वजेट १९ करोड ९६ लाख १८ हजार रहेको छ जुुन सन्दकपुुर गाउँपालिकामा विनियोजन भएको छ । त्यस्तै माइ जोगमाई गाउँपालिकामा ३२ करोड ६४ लाख ४२ हजार, रोङ गाउँपालिकामा २२ करोड ९३ लाख ६८ हजार, चुलाचुली गाउँपालिकामा २२ करोड ६७ लाख ५५ हजार र माङ्सेबुङ गाउँपालिकामा २२ करोड ०३ लाख ०६ हजार वजेट बिनियोजन गरिएको छ । दश स्थानीय तह रहेको इलाममा नेपाल सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट आर्थिक वर्ष २०७४÷०७५ मा प्राप्त हुने बजेटको सुुची समावेश गरिएको छ ।
क्षेत्रफलका आधारमा सवैभन्दा ठुुलो नगरपालिका सुुर्योदय हो जहाँ सवैभन्दा धेर जनसङ्ख्या समेत छ । सुुनपाको क्षेत्रफल जहाँ २५२.५२ वर्ग किलो मिटर छ भने ५५ हजार तीन सय २५ जना जनसङख्या छन् । दोस्रो स्थानमा माइ नगरपालिका छ त्यहाँको क्षेत्रफल २४६.११ वर्ग किलो मिटर छ, जहाँ ३२ हजार ५ सय ७६ जनसङ्ख्या छ । क्षेत्रफलका आधारमा तेस्रो स्थानमा देउमाई नगरपालिका हो । देउमाईको क्षेत्रफल १८१.६३ वर्ग किलोमिटर छ । जनसङ्या भने ३२ हजार नौ सय २७ रहेको छ । क्षेत्रफलका आधारमा सवैभन्दा सानो नगरपालिका इलाम हो । जसको क्षेत्रफल १७३.३२ छ । जनसङ्ख्या भने ४८ हजार ५ सय ३६ छ । इलाम सदरमुकाम समेत यसै नगरपालिकामा पर्ने भएकाले जनसङ्याको चाप समेत राम्रै छ । गाउँपालिका मध्ये सवैभन्दा ठुुलो माइजोगमाइ हो । जहाँको क्षेत्रफल १७२.४१ छ । जहाँको जनसङ्या २१ हजार ४४ रहेको छ । क्षेत्रफलका आधारमा दोस्रो ठुुलो सन्दकपुुर गाउँपालिका हो जहाँको क्षेत्रफल १५६.०१ वर्ग किलोमिटर छ । जनसङ्ख्या भने १६हजार ६५ रहेको छ । रोङ गाउँपालिकाको क्षेत्रफल १५५.०६ छ, जहाँ जनसङ्ख्या १९ हजार १ सय ३५ रहेको छ । माङ्सेबुुङ गाउँपालिकाको क्षेत्रफल १४२. ४१ छ । जहाँको जनसङ्या १८ हजार ५ सय तीन रहेको छ । फाकफोक गाउँपालिकाको क्षेत्रफल १०८.७९ छ, जहाँको जनसङ्ख्या भने २१ हजार ६ सय १९ रहेको छ । त्यस्तै चुलाचुली गाउँपालिकाको क्षेत्रफल १०८.४६ छ, जहाँको जनसङ्ख्या २० हजार ८ सय २० रहेको छ ।
0 comments:
Post a Comment