इलाम १५ जेठ : नगरपालिका १२ साङ्रुम्वामा रहेका एक अपाङ्गता भएका बालकको परिवारलाई क्लोथ बैङ्क इलाम र जिल्ला वास्केट वल संघले सहयोग गरेको छ । ११ वर्षीय सन्देश नेम्वाङका परिवारलाई दुुईवटा संस्थाले चारबोरा चामल, एक थान प्रेसरकुुकर, सिरक, डस्ना, सिरानी, खाना खाने थाल (२/२ थान) वितरण गरेको छ । त्यस्तै ३५ थान कापी, उनीहरुलाई लत्ताकपडा समेत वितरण गरिएको छ । आर्थिक स्थिति नाजुुक रहेको सो परिवारमा बुुबा सोमबहादुुर नेम्वाङ मिस्त्री काम गर्ने, आमाको पहिला नै मृत्यूू भइसकेको परिवार श्रोतले जानकारी दिएको छ । हाल अपाङ्गता भएका सन्देशकी ९ वर्षिय बहिनी सम्झनाले उनको स्याहार सुसाहार गर्ने गरेकी छन् । ९ वर्षिय नाबालिकाले ११ वर्षिय अपाङ्गता भएका ब्यक्तिको स्याहार सुसाहार गर्नुपर्ने बाध्यता दुुखदायी क्षण भएको देख्ने सुुन्नेहरु वताउँछन् । बुुबा सोम बहादुुर मिस्त्री काम गरेर नानीहरु पाल्ने र घर खर्च चलाउने गर्दछन् । जन्मजात अपाङ्गता भएका शन्देस उठ्न, हिँडडुुल गर्न सक्दैनन् । ९ वर्षय सम्झना कक्षा दुुईमा पढ्छिन् । उपचार गराउनै नसक्ने परिवार खान र लाउन समेत धौ धौ पर्ने वताउँछ । उनीहरुको दयनिय क्षण देखेर सहयोग गरिएको क्लोथ बैङ्क इलामका सचिव बिभुुषण राईले वताए । सहयोग गर्न सचिव राई सहित कोषाध्यक्ष बिमल एक्तेन, बाँस्केट बल इलामका रोहन आचार्य, इलाम उद्योग वाणिज्य संघ इलामकी पुुर्व अध्यक्ष सुशिला सापकोटा लगायत उनीहरुको घरमा नै पुुगेका थिए ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment