इलाम चोक बजारमा राष्ट्रियताको धज्जी उडाएको भन्दै नेपालको राष्ट्रिय झण्डा फहराइयो

इलामः इलाम सदरमुकामको चोकबजारमा दलहरुले नेपालको राष्ट्रियताको धज्जी उडाएको भन्दै एक युवाले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । इलाम नगरपालिका ६ निवासी मुकेश शिवाले दलहरुका नेतालाई राष्ट्रको कुनै मायाँ नभएको आफ्नो दलको मात्र माया भएकोले देशको र राष्ट्रियताको लागि नेपालको राष्ट्रिय झण्डा आफुले चोक बजारमा पाटीको झण्डा भन्दा माथी फहराएको वताए । इलाम चोकवजारमा दलहरुले निर्वान आचारसहिंताको ख्याल सम्म नगरीकन अफ्ना ठूला ठूला झण्डाहरु राखेका छन् । निर्वचन कार्यालयको आँखा अगाडी यस्तो गतिविधि हुँदा पनि निर्वाचन कार्यालय मौन वसेको छ । इलामका सार्वजनिक स्थानमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका पार्टीका झण्डाहरु प्रसस्त राखिएको छ । यसको विरुधमा मुकेश शिवाले उठाएको यो कदमलाई निर्वाचन कार्यालयले कुन रुपमा लिने हो हेर्न वाँकीनै छ । यता निर्वाचन कार्यालयका प्रेमकुमार काफ्लेका अनुसार दलहरुलाई पटक पटक हटाउन आग्रह गर्दा पनि वेवस्ता गरीरहेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment