धूूम्रपान रहित दिवश मनाइयो

इलाम, १७ जेठ : कुुनै समय सार्वजनिक स्थलमा धुुम्रपान नगर्ने र नगराउने जिल्लाका रुपमा परिचित इलाममा हाल जताततै सार्वजनिक स्थलमा धुुम्रपान गर्नेको सङ्ख्या बृद्धि भएको छ । सार्वजनिक स्थलमा समेत धुुम्रपान गर्नेहरु प्रसस्तै भेटिन थालेका छन् । प्रभावकारी रुपमा यसको अनुुगमन नहुुँदा सार्वजनिक स्थलमा समेत धुुमपान गर्नेको सङ्ख्यामा बृद्धि भएको हो । मे ३१ तारिख बिश्व धूूम्रपान रहित दिवश हो । यो दिवश बुुधबार नेपालमा समेत विविध कार्यक्रम गरि मनाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुुख जिल्ला अधिकारी निरिक्षक रहेको समिति सहित जिल्ला जनस्वास्थ्य कार्यालय इलाम, स्वास्थ्य अधिकार तथा सुुर्तीजन्य वस्तुु नियन्त्रणका लागि जिल्ला सञ्जाल इलाम र महिला जागरण संघको संयुुक्त आयोजनामा ¥याली, कोणसभा तथा जनचेतनामुुलक कार्यक्रम भएको छ । स्वास्थ्य कर्मी, बिभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी तथा स्थानीयको सहभागितामा निकालिएको ¥यालीमा बिभिन्न प्ले कार्ड सहित इलाम चौक वजार परिक्रमा गरिएको थियो । इलामको ठुुलो टुँडिखेलबाट सुरु ¥यालीले इलाम वजार परिक्रमा गरि चोक वजारमा आएर कोण सभामा परिणत भएको थियो ।  जिल्ला प्रसासन कार्यालय इलामका सहायक प्रमुुख जिल्ला अधिकारी निरिक्षक सफल पोर्तेलले अव अनुुगमनलाई तिव्रता दिइने वताए । उनले अनुुगमन पछि कारबाहि गर्ने जनाए । नियम बमोजिम नै कारबाहि हुुनेभन्दै  सवै भन्दा पहिला सचेत गराउँने र सम्झाउने अनी पनि भएन भने थप कारबाहिको लागि अघि वढ्ने उनले वताए । ऐनमा सार्वजनिक स्थलमा धुुम्रपान गरेमा सम्झाउने अनी पनि नमानेमा एकसय जरिमाना वा सार्वजनिक स्थलबाट बाहिर निकाल्ने अथवा दुुवै सजाय हने उल्लेख छ । 
धुम्रपान रहित दिवसकै सन्दर्भमा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको छ । कार्यक्रममा स्वास्थ अधिकार तथा सुर्तीजन्य बस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल इलामका उपाध्यक्ष सुदिप श्रेष्ठले हाल विश्वको तथा नेपालको सन्दर्भमा धुम्रपान र त्यसले स्वास्थ्यमा पारेको असरका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सञ्जालकी अध्यक्ष पुष्पा लिम्बुले इलाम १४ महिना देखि सहायक प्रमुख जिल्ला अधिकारी विहीन भएको कारणले निरिक्षकको इलाममा अभाव भएको बताईन् । 
उनले इलामका सार्वजनिक स्थलमा धुम्रपान गर्नेको सङ्ख्या बढ्नुको मुख्य कारण नै सरकारी उदासिनता भएको बताइन् । त्यस्तै  जिल्ला जनस्वास्थ्य कार्यालय इलामका निमित्त प्रमुख टंक चौधरीले धुम्रपान नियन्त्रणका लागि जिल्लामा जनचेतना मुुलक कार्यक्रम सहित प्रसार प्रचार गर्दै आइएको र यसलाई निरन्तर अगाडी वढाउने वताए । कार्यक्रममा सहभागीहरुले धूूम्रपानले अकालमा नै मानिसको ज्यान लिने भन्दै यसको सेवन नगर्न आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment