इलाम, १३ जेठः आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत ढुण्डीराज पोखरेल घुस माग्दामाग्दै इलाममा पक्राउ परेका छन् । इलामका व्यापारी, व्यवसायी, पत्रकार, उद्योग बाणिज्य संघका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुले विभागका शाखा अधिकृत ढुण्डीराज पोखरेल पोखरेल, टोलीमा आएका कम्प्युटर अपरेटर प्रकाश धिताल र टोलीमै पठाइएका एक एनजीओकर्मीलाई शुक्रबार साँझ पक्राउ गरि प्रहरीलाई बुझाएको थियो । २ सय बढि जनताहरुले पक्राउ गरेर प्रहरीमा बुझाएपछि निज कर्मचारीहरुका विरुद्धमा भेलाले नाराबाजी समेत गरेको थियो । इलामको एक फेन्सी कपडा पसलमा दर्ता प्रमाणपत्र नझुण्ड्याएको भन्दै विभागका शाखा अधिकृत ढुण्डीराज पोखरेलले घुस मागेपछि पसलमा बसेकाहरुले हारगुहार गरेका थिए । पोखरेलले इलाममा आफ्नो श्रीमति लक्ष्मी पोखरेल र नातेदार सदस्यहरुलाई दार्जिलिङ र इलाम घुमाउन सरकारी गाडी बा२झ २१३९ नं.को सुमो गाडी लिएर इलाम आएका थिए । दार्जिलिङबाट शुक्रबार फर्किएलगत्तै पशुपतिनगर बजारमा रहेका पसलका व्यापारीहरुलाई दुव्र्यबहार गरेको त्यहाँका व्यापारी विनोद गुरुङले बताए । पशुपतिनगरमा एक व्यापारीसँग घुसबापत १६ हजार रुपैयाँ मागेर लिएका पोखरेललाई स्थानीयले कब्जामा लिई शुक्रबार नै १६ हजार रुपैयाँ फिर्ता गराएको श्रोतको दावी छ । त्यसपछि इलाम आएर सामान्य उपभोग्य सामाग्रीको पसल मात्र अनुगमन गर्न र सुझाव दिने अख्तियारी पाएका निज ढुण्डीराज पोखरेलले शुक्रबारको आफ्नो काम सकेर चियाबारी कजेट होटलमा फर्किएका थिए । श्रीमतीले निजलाई म्याक्सी किनेर ल्याइदिन अनुरोध गरेपछि साँझ ७ः३० बजे कटेजबाट फर्किएर इलाम चोक बजारको एक फेन्सी कपडा पसलमा पुगेका थिए । २ जना महिलाहरु मात्र पसलमा भएको देखेर निज पोखरेलले महिलाहरुलाई डर त्रास र धम्की दिदै दर्ता प्रमाणपत्र र निजले श्रमितिको लागि खरिद गर्न छानेको म्याक्सीको खरिद विल देखाउन भनेका थिए । व्यापारीले तत्कालै विल नभेटिएको र पसलका मुख्य सञ्चालक नभएकोले केहि बेर कुर्न अनुरोध गरेपनि निज पोखरेल र विभागबाट नै खटिएका कम्प्युटर अपरेटर प्रकाश धितालले महिलाहरुलाई दुव्यवहार गर्न खोजेको पसल सञ्चालकले बताए । निज पोखरेलले ‘सरकारी गाडिमा आउने हामी को हो चिनेको छ, हामी तिम्रो पसल अहिले नै सिल गरिदिन्छौ’ भन्दै महिला मात्र भएको पसलमा पैसामा मिल्न सकिने बताएका थिए । घटना थाहा पाएर घटनास्थल पुगेका हाम्रा चियाबारीकर्मीलाई नचिनेर निज पोखरेलले मोटो रकममा मात्र मिल्न सकिने बताएपछि चियाबारीकर्मीले पत्रकार भएको बताएपछि मात्र पोखरेलले पैसाको कुरा गर्न छाडेका थिए । निज पोखरलेले इलाम, फिक्कल र पशुपतिनगरका व्यापारीहरुलाई आतंकित बनाएको र घुस मागेको भन्दै इलाम उद्योग बाणिज्य संघले भत्र्सना गरेको छ । संघका प्रथम उपाध्यक्ष इश्वर चिपालुले पोखरेल जस्ता कर्मचारीका कारण कर्मचारीतन्त्रकै बेइज्जत गर्ने कार्य भएको भन्दै निज पोखरेलको गतिविधिको इलाम उद्योग बाणिज्य संघले जहिले पनि विरोध गर्ने बताए । उनले भने, ‘देशको सङक्रमणकालिन परिस्थितिमा व्यापारी र जनतालाई सरकारले सरकारी नियमको विषयमा जानकार गराउने पहिलो दायित्व हो, जानकार हुदाहुदै पनि अटेर गरे मात्र कारबाही को कुरा हुन्छ ।’
नागरिक न्यायिक उपभोक्ता मञ्च इलामले छापामार शैलीमा व्यापारीहरुलाई आतङ्कीत पार्ने र पैसा माग्ने आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत ढुण्डीराज पोखरेलको कार्यशैलीको भत्र्सना गरेको छ । मञ्चका अध्यक्ष सोमनाथ सुसेलीले स्थानीय प्रशासनसँग समन्वय समेत नगरि इलाम बजारमा मच्चाएको आतंकले निज पोखरेलको उपभोक्ताको हित भन्दा निजी हितको मात्र कार्य गर्ने चरित्र नाङ्गो भएको बताए ।
इलाम उद्योग बाणिज्य संघ इलामका द्वितिय उपाध्यक्ष दिपेश श्रेष्ठले स्थानीय प्रशासनले कारवाही नगरेपनि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले निजलाई कारवाही गर्नुपर्ने बताए । उनले विभागले कम्प्युटर अपरेटरलाई पनि अनुगमनमा कुन अर्थले खटाएको हो भन्ने कुरा नबुझिएको बताए । शाखा अधिकृतको पनि हाकिम नै हु भने झै गर्ने निज कम्प्युटर अपरेटर प्रकाश धितालको व्यापारीप्रति धम्की दिने शैली देखेर उपस्थितहरु तिन छक्क परेका थिए ।
परिवारसँग दार्जिलिङ घुम्ने मुख्य उद्देश्य लिएर आएका निज ढुण्डीराज पोखरेलले सरकारी काजतपत्रको मुचुल्कामा आफ्नै परिवारका सदस्य र ड्राइभरलाई हस्ताक्षर गर्न लगाएको रहस्य समेत खुलेको छ । जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले अनुगमन टोलीलाई विभागले खटाएको पत्र सहित इलाम आएको बताए तर स्थानीय प्रशासनसँग टोलीले कुनै समन्वय नगरेको उनले बताए । यस घटनाको सम्बन्धमा विभागको सम्पर्क नं. ०१ ४२५२१८४ र टोल फ्री नम्बर १६६००१३३०४४ मा सम्पर्क गर्दा आधिकारीक व्यक्तिसँग सम्पर्क हुन सकेन । शनिबार विहान नै दार्जिलिङ घुम्न आएको ढुण्डीराज पोखरेलको टोली गाडीसहित फर्किएकोले विभागले नै घुस्याहा प्रवृत्ति भएका निजलाई कारबाही गर्नुपर्ने स्थानीय व्यापारीहरुले बताएका छन् । निज ढुण्डीराज पोखरेलको करतुतहरुको भिडियो र तस्विरहरु आवस्यक परेमा चियाबारी दैनिकसँग सुरक्षित छ ।
0 comments:
Post a Comment