इलामका १० स्थानीय तहमा कहाँ, कति मतदाता ? (सूची सहित)

इलामः स्थानीय तहको निर्वाचनको मिती नजिकिदै गर्दा इलाम जिल्लाका राजनितीक दलहरुले  आफ्ना उम्मेदवारहरु  घोषणा संगै घरदैलो कार्यक्रम गर्न थालेका छन।
त्यस्तै चिया पसलदेखि गाँउ गाँउमा कस्ले जित्ला र कसले हार्ला भन्ने चुनावी अडकलबाजी गर्नेहरु प्रसस्तै भेटिन थालिएको छ ।
इलाम जिल्लाका चार नगरपालिका र छ गाँउपालीका  सहितका १० स्थानिय तहमा कुल एकलाख ८९ हजार दुईसय ७४ जना मतदाता रहेका छन। जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ९६ हजार छ सय ७१ जना पुरुष,९२ हजार छ सय एक जना महिला र दुई जना तेश्रो लिङ्गी मतदाता रहेका छन ।
१० वटा स्थानिय तह मध्ये सबैभन्दा धेरै मतदाता सुर्योदय नगरपालिकामा रहेका छन। जहा ३९ हजार चार सय ६७ जना मतदाता रहेका छन भने सबैभन्दा कम माङसेबुङ्ग गाँउपालिकामा १० हजार नौ सय ६४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेमप्रसाद काफ्ले बताउनु भयो । 
त्यस्तै इलाम नगरपालिकामा ३० हजार छ सय १८ जना मतदाता रहेका छन भने देउमाई नगरपालिकामा २१ हजार छ सय २३ जना र माई नगरपालिकामा १९ हजार चार सय ७३ जना मतदाता रहेका छन । कम मतदाता रहेको नगरपालिका माई नगरपालिका हो ।
गाँउपालिका तर्फ धेरै मतदाता रहेको चुलाचुली गाँउपालिका हो जहा दुई जना तेश्रोलिङ्गी सहित १४ हजार ७४ जना मतदाता रहेका छन भने सबैभन्दा कम मतदाता रहेको माङसेबुङ्ग गाँउपालिकामा १० हजार नौ सय ६४ जना मतदाता रहेका छन । त्यस्तै माईजोगमाई गाँउपालिकामा १४ हजार आठसय पाच जना,फाकफोकथुम गाँउपालिकामा १३ हजार सातसय ३३ जना,रोङ्ग  गाँउपालिकामा १२ हजार आठसय ८८ जना र सन्दकपुर गाँउपालिकामा ११ हजार छ सय २९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । 












प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता