युवायुवतीहरुलाई व्यवसायिक बनाउन पहल


इलाम, २४ बैशाख: नेपाल सरकार अन्तर्गत रहेको ब्यवसायिक तथा सीप विकास तालिम केन्द्र, मेची अञ्चल भद्रपुुर झापाले इलामका २२ जना विद्यार्थीहरुलाई कम्प्युुटर शिक्षा प्रदान गरि व्यवसायिक बनाउन पहल गरेको छ । चन्द्रसुुर्य सीप विकास संस्था, दमक झापासँगको सहकार्य र स्थानीय अलइन वान कम्प्युुटर सोलुुसन इलामको संयोजनमा उनीहरुलाई कम्प्युुटर हार्डवेयर सम्बन्धि सीप प्रदान गर्दै ब्यवसायि कता तर्फ अघि वढाइएको अलवान इन कम्प्युुटर सेन्टरका ब्यवस्थापक नेत्र पोख्रेलले जानकारी दिए । चैत्र पाँच गतेदेखि सुुरु तालिम बैशाख पाँच गते सकिएको भए पनि समापन कार्यक्रम भने आइतबार मात्र गरिएको थियो । चन्द्र सुुर्य सीप विकास संस्थाका अध्यक्ष विष्णुु अधिकारीको अध्यक्षता तथा इलामका सहायक प्रमुुख जिल्ला अधिकारी सफल पोर्तेलको प्रमुुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको थियो । सो कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव महेश वस्नेत, नेकपा माओवादी केन्द्रका सचिव जीवन शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका धनबहादुुर थापा, इलाम नगरपालिकाका प्रशासकिय अधिकृत रामकुमार शाह, महेन्द्ररत्न बहुुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुुख प्रेम लुुइँटेल, प्याव्सन इलामका अध्यक्ष विकास कर्माचार्य, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठ, सीप विकास केन्द्रका सुुमेन्द्र मण्डल लगायतले शुुभकामना मन्तब्य राख्दै ब्यवसायिक बन्न सहभागीहरुलाई आफुुहरु पनि लाग्न आग्रह गरेका थिए । लिएको शिक्षा ब्यवहारमा उतार्न र ब्यवसायिक बन्न समेत उनीहरुलाई प्रेरणा दिइएको थियो । सोहि अवसरमा सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । उनीहरुलाई सहभागी अतिथीहरुले प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment