इलाम, २५ वैशाखः पुण्यका कामहरु गरेर मानिसहरुले आफ्नो खुसीको पलहरु सेलिब्रेट गर्ने प्रचलन बढ्दै गएको छ । विशेषगरि जन्मोत्सव, आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन, बैबाहिक बर्षगाठ लगायतका सेलिब्रेसनहरुमा बृद्धआश्रम तथा बाल अनाथालयमा गएर दान गर्ने, खाना खुवाउने क्रम इलाममा पनि बढेको छ । यसै विच इलामका एक युवाले आफ्नो बैबाहिक बर्ष गाँठ मनाउन फरक विधि रोजेका छन् । माई नगरपालिकाका युवा विष्णु कार्की (हेम) ले रक्तदान गरेर आफ्नो दोश्रो बैबाहिक बर्ष गाँठ मनाए । नेपाली काङ्ग्रेसका युवा नेता समेत रहेका कार्कीले एक बृद्धलाई रक्तदान गरेर बर्षगाँठ मनाएका हुन् ।
इलाम अस्पतालमा पेटसम्बन्धि रोगका कारण थलामा परेका तेजबहादुर कटुवालाई आइतबार पनि इलामका युवा योगेन्द्र सुवेदी (माधव)ले एक पिण्ट रगत दिएका थिए । सोमबार विहानै पुन रगत दिनुपर्ने इलाम अस्पतालका चिकित्सकको सल्लाह बमोजिम रगतको खोजी गरियो । चियाबारी दैनिकका सञ्चालक सदस्य सुनिल गौतम ओ पोजेटिभ रगतधारी युवा प्रज्वल भट्टराईलाई लिएर अस्पताल पुगे । तर न्युन रक्तचाप भएका कारण अस्पतालले प्रज्वलको रगत लिन मानेन । अर्को रगत दाताको खोजी मात्र के गरिएको थियो, कार्की अस्पतालमै केहि कामले आइपुगे । उनले तत्काल रक्तदान गरे अनि आफ्नो एन्नीभर्सरीको अवसरमा पुण्य काम गर्न खोजिरहेको बेला रक्तदान गर्ने अवसर पाएको प्रतिक्रिया दिए । उनले भने, ‘केहि पुण्य काम गरौं भनेर नै सोचिरहेको थिए, रक्तदान गर्न पाउदा एकदम खुसी भए ।’ उनले थपे, ‘विरामीलाई त राहत भयो नै, मेरो विरामीप्रतिको सेवा भाव नै एन्नीभर्सरीको अवसरमा मेरो श्रीमती र छोरालाई उपहार ।’
0 comments:
Post a Comment