होण्डाको आधिकारिक सो–रुम इलाममा उद्घाटन


इलाम, २१ वैशाख: इलाम सदरमुकाममा होण्डा कम्पनीको आधिकारिक सोरुम खुुलेको छ । सोरुमको बिहिबार एक कार्यक्रम विच उद्घाटन समेत गरिएको छ । इलाम सहित जिल्लाको फिक्कल र पाँचथरको फिदिममा समेत बिहिबार नै सोरुमको उद्घाटन गरिएको महा गणपति अटो प्रालिका सञ्चालक जितेन्द्र श्रेष्ठले जानकारी दिए । नेपालकालागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनी प्रालि अन्तर्गतको महागणपती अटो प्रालि इलामको आधिकारिक सोरुम सञ्चालक रहेको छ । सोरुमको स्याकर ट्रेडिङका सेल्स डिभिजन प्रमुुख सोहनबहादुुर श्रेष्ठ, पूर्वाञ्चल प्रमुुख गोविन्द भट्टराई, इलाम सोरुम सञ्चालक जितेन्द्र श्रेष्ठ र समाजसेवी देवेन्द्रदास राईले सोरुम उद्घाटन गरेका हुुन् ।  प्रेस विज्ञप्ति जारी गर्दै स्याकरका प्रमुुख श्रेष्ठले इलाम सहित मेचीका पहाडी जिल्लामा होण्डा कम्पनीको उपस्थितीले अन्य ब्राण्ड (कम्पनी) लाई चूनौती थपेको वताए । होण्डाले इलाममा उत्पादनका सवै प्रकारका दुुइ पाङ्ग्रे मोटर साइकल तथा स्कुटर विक्रिका लागि सोरुममा राखेको पूर्वाञ्चल प्रमुख भट्टराईले जानकारी दिए । भट्टराईले होण्डाले हालसम्म ग्राहककै रोजाई बमोजिमका सवारी विक्रि गर्ने गरेको वताए । उनका अनुसार नेपालमा सत्तरी प्रतिशत स्कुटर होण्डा कम्पनीकै रहेको छ । प्रमुुख श्रेष्ठले युुवा पुुस्ताका लागि सिबी हर्नेटको उच्च माग रहेको वताउँदै वजारमा सिबी साइन पनि उच्च बिक्री रहेको जानकारी दिए । 
सो मोटरसाइकल ग्राहकको पहिलो रोजाइ भएको उनको टिप्पणी छ । हालसम्म वजारमा सिडि ड्रिम ११०, डिओ स्कुटर, सिबि साइन, एभिएटर एक्टीभा स्कुुटर, साइन एसपी, सिबि युुनिकर्न र नावी विक्रिमा राखिएको छ । त्यस्तै एक्सआर १५० सिसि मोटरसाइकल, सिआरएफ २५० सिसि मोटरसाइकल, सिबिआर रेप्सोल, सिबिएफ ६५० विक्रिका लागि वजारमा आएको वताइएको छ । कार्यक्रममा विभिन्न कम्पनीका सञ्चालक सहित जिल्लाबासी मोटरसाइकल प्रयोगकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment