टीका खतिवडा
इलाम, २१ बैशाख ः उखान, तुुक्का अनी साहित्यसँगै कक्षा कोठामा प्रवेश गरेर विद्यार्थीलाई असल शिक्षा प्रदान गर्दै आएका प्रकाश खनाल जिल्लाकै एक कुुशल शिक्षकको सुुचिमा पर्ने नाम हो । इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिकामा जन्मिएका शिक्षक खनाल लामो समयदेखि शिक्षण पेशामा सम्लग्न थिए । उनले बिहिबारबाट उमेर हदका कारण अनिवार्य अवकाश लिएका छन् । खनालले बिक्रम संवद २०३६ सालबाट भानुुभक्त माविमा शिक्षकका रुपमा नोकरी सुरु गरेका थिए । खनाल तत्कालिन पञ्चायतले प्रहरी रिपोर्टका आधारमा स्थायी नगरेपछि खुुल्ला प्रतिष्पर्दाबाट २०४५ माघ १८ गतेदेखी स्थायी नियुुक्ति लिएको वताउँछन् । पाँचथर रानीटारको एक स्थानीय माविमा स्थाइ नियुुक्तिसँगै अध्यापन सुरु गरेका खनाल बहुुदलको आगमन सँगै पुुन जिल्ला स्थान्तर हुँदै भानुुभक्त माविमा नै फर्किए ।
२०५४ सालबाट भानुुभक्त माविको सहायक प्रधानाध्यापक सम्हालेका खनाल २०७२ बाट सोहि विद्यालयको प्रधानाध्यापक भए । उनी कुुशल शिक्षकको रुपमा सँधै विद्यार्थीमाझ छाइरहँदा शिक्षण पेशामा धेरै तिता अनी मिठा क्षण भोगेको वताउँछन् । शिक्षण कालमा उमेर सँगसँगै पञ्चायत बहुुदल अनी लोकतन्त्र समेत फटाइसकेका खनाल देशको परिस्थितिका बारेमा हाल समेत उत्तिकै दख्खल राख्दछन् ।
तत्कालिन समयमा तत्कालिन बिद्रोहि समूह माओवादी र सरकार बिचको द्वन्द्व हुुँदा दुुई पक्षकै चेपारोमा पर्नुपरेको तितो अनुभव उनीसँग छ । जटिल परिस्थितिलाई पनि सहजतामा लैजान सक्ने क्षमता भएका खनाल सोहि समयमा भएको एक घटना अविस्मरणीय भएको वताँछन् । तत्कालिन समयमा देउमाई नगरपालिका मंगलबारे वजार नजिकै देवीडाँडामा भिडन्त भएको थियो । सो भिडन्तमा कक्षा आठको परिक्षा सञ्चालन भइरहेको उनले वताए । भिडन्तमा सरकारी पक्ष तथा बिद्रोही पक्षले गोलाबारुद प्रहार गर्दा विद्यार्थी, शिक्षक, अभिभावक अनी आफुुलाई समेत अत्यन्तै त्रास पैदा भएको उनले वताए । नेपाली सेनाको हेलिकोप्टर नजिकैबाट उडेको अनी बन्दुुकका छर्रा बिद्यालय परिसर भित्रै प्रवेश गर्न थालेपछि मैदानमा सेतो झण्डा राखेर परीक्षा सञ्चालन गर्नुपरेको क्षण अविस्मरणीय भएको उनले वताए । शिक्षण कालकै दुखक क्षण समेत त्यसलाई नै मान्ने खनालले स्थाई नियुुक्त पाएको समयलाई सुुखको क्षण मान्छन् । उनले त्यस क्षणमा आफ्नो गरिव परिवार अनी आफ्ना अभिभावकले गरेको लगानी सम्झिएर खुुसीको महसुुस गरेको वताए ।
नेपाली उखानै छ –‘शिक्षक चिनी हुन्छ अनि चेलो सख्खर हुुन्छ’ भन्ने । साँच्चै नै एउटा शिक्षक विद्यालयमा शिक्षा छरिरहँदा उनका चेला देश हाँक्ने ठाउँमा प्रवेश गरिसकेका हुुन्छन् । शिक्षक खनालले शिक्षा दिएका धेरै विद्यार्थी जिल्ला, क्षेत्र अनी देशकै नामी अनी चर्चित भइरहँदा उनी भने शिक्षकको शिक्षकमा नै छन् । उनले भने–‘मैले पढाएका धेरै विद्यार्थी माथी पुुगिसके यसैमा म खुुसी छु ।’
देशकै चर्चित खेलाडी नवयुुग श्रेष्ठ समेत आफ्नै विद्यार्थी भएको सम्झना गर्दै उनले हालका जिल्ला शिक्षा कार्यालय इलामका प्रमुुख टंक गौतमलाई समेत पढाएको वताए । उनले भने–‘नवयुुग श्रेष्ठ अनी जिशिअलाई समेत मैले नै पढाएको हुँ ।’ इलाममा नै काम गरिरहेका शिक्षक महासंघ इलामका अध्यक्ष पूर्णप्रसाद गौतम अनि महेन्द्ररत्न बहुुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र बरालको समेत नाम लिँदै खनालले उनीहरुलाई समेत शिक्षा दिन पाएकोमा खुुसी ब्यक्त गरे ।
हाल भानुुभक्त माविकै बिद्यालय ब्यवस्थापन अध्यक्ष कृष्णराज बराल, पूर्व बिब्यस अध्यक्ष दिलिप श्रेष्ठ लगायत समेत आफ्नै चेलाहरु रहेको खनालको भनाई छ । उनीहरु मात्र हैन खनालले शिक्षा दिएका धेरै ब्यक्तिहरु देशका चर्चित कलाकार, सञ्चारकर्मी, राजनितिज्ञ, डाक्टर, पाइलट, इञ्जिनियर समेत बनीसके । नेपाली विषय अध्यापन गराउने शिक्षक खनाल कतै मञ्चमा भाषण गर्दा समेत साहित्यबाट नै सुरु गर्छन् अनी साहित्यबाट नै टुुङ्ग्याउने प्रयास गर्छन् । हालका बिब्यस अध्यक्ष कृष्णराज बरालले समेत खनाल बिद्यालयमा रहँदा बिद्यालयको शैक्षिक गुुणस्तर नखच्किएको वताए । लामो समयको अनुुभव बटुलेका खनाल मिलनसार अनि सकारात्मक पक्षलाई जोड दिने शिक्षकको रुपमा आफुुले लिएको अध्यक्ष बरालको भनाई छ । धेरैलाई शिक्षाको उज्यालो ज्योति छरेर अवकाश लिएका शिक्षक खनालको बाँकी जिवन सुुखमय वितोस शुुभकामना ।
0 comments:
Post a Comment