टीका खतिवडा
इलाम, २३ बैशाखः ‘घरकै राजनीतिमा मात्र सिमित थिए, तर समूह गठन गरेर कार्यक्रम सुरु गरेपछि वडा, गाउँ र नगरको समेत राजनीति गर्ने हैसियतको बनायो ।’ आसन्न स्थानिय तहको निर्वाचनमा इलाम नगरपालिका ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा सदस्यमा उम्मेद्धारी घोषणा गरेकी भावना दाहालको भनाई हो यो । उनी स्थानिय तहको निर्वाचनमा वडा सदस्यको उम्मेद्धार हुुन । दाहाललाई पार्टीले समेत निर्णय गरेर उम्मेद्धारी टुुङ्गो लगाइसकेको छ । घर परिवार राम्ररी सम्हालेपछि वडा समेत सम्हाल्न सक्ने साहस छ उनीसँग । मानव अधिकार मञ्च नेपाल, इलाम र जागरण नेपालले महिला सशक्तीकरणको कार्यक्रम सञ्चालन गरे पश्चात नै उनलाई हौसला पलाएको आफैँ बताउँछिन् । कार्यक्रम सञ्चालन भएपछि आफुुभित्रको उर्जा बाहिर ल्याउन सहज भएको संघीय लिम्वुुवान मञ्चकी निर्मला चेम्जोङको भनाई छ । उनले समेत स्थानिय निकायको निर्वाचनमा इलाम नगरपालिकाको मेयर पदमा उठ्ने साहस जुुटाएकी छन् । पार्टीको तर्फबाट निर्णय हुुन बाँकी नै रहेपनि उनमा समेत इलाम नगरपालिकाको मेयर चलाउन सक्ने साहस पलाएको छ ।
उनीहरु मात्र हैन चुुलाचुुली गाउँपालिकाकी हिमकला बस्नेतले चुुलाचुुली गाउँपालिकामा नेकपा एमालेको तर्फबाट महिला सदस्यमा उम्मेद्धारी दिने तयारी गरिरहेकी छिन् । उनको पक्षमा पार्टीको तर्फबाट निर्णय समेत भइसकेको छ । शान्तिपुुरकी राधिका लकान्द्रीले समेत दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट उम्मेद्धारी दिएकी छन् । पार्टीले उनको पक्षमा निर्णय समेत गरिसकेको छ । रोङ गाउँपालिका वडा नम्बर एकबाट मनमाया राईले उम्मेद्वारी दिएकी छन् । उनले नेपाली कांग्रेसको तर्फबाट उम्मेद्धारी दिएकी हुुन् । उनको पक्षमा पार्टीले समेत निर्णय गरिसकेको छ । उनीहरु कार्यक्रम सुरु भएपछि नै आफुुहरु अझ मजबुुत बन्दै गएको स्विकार्छन् । माथीका महिलाहरु त नमुुना पात्रहरु मात्र हुुन, जिल्लाका धेरै महिलाहरु अब निर्णायक तहमा वसेर काम गर्ने आँट गरिरहेका छन् । चुलो र चौकामा सिमित महिलाहरुलाई नेतृत्व तह सम्म पु¥याउन जागरण संघ र मानव अधिकार मञ्चले एक वर्ष अगाडीबाट कार्यक्रम सुरु गरेको छ ।
साविकका पाँच गाविस र इलाम नगरपालिकामा गरि एक सय पचास महिलालाई सो कार्यक्रम सुरु भएपछि नेतृत्व कलासम्बन्धि ज्ञान दिइँदै आइएको कार्यक्रम संयोजक शिखरनाथ सापकोटाले बताए । गाउँमा महिला सशक्तीकरण समूह गठन र जिल्लामा श्रोत केन्द्र सञ्चालन गरेर उनीहरुको क्षमता अभिबृद्धिमा जोड दिने उद्देश्यले कार्यक्रम सञ्चालन भएको कार्यक्रम संयोजक सापकोटाको भनाई छ । गरिब, दलित र पछाडि परेका महिलाहरुलाई निर्णायक तहसम्म पुु¥याइनुु नै पहिलो लक्ष भए पनि उनीहरुलाई आर्थिक रुपमा मजबुुद बनाउन समेत पहल गरिँदै आइएको उनको भनाई छ । कार्यक्रम लागुु भएका साविक माइ नगरपालिकाको साविक चिसापानी, दानाबारी, महमाई, चुलाचुली गाउँपालिकाको साविक चुलाचुली, रोङ गाउँपालिकाको साविक शान्तिपुरमा गठित महिला सशक्तिकरण समूह र जिल्ला स्तरीय स्रोत केन्द्र अन्तर्गत ४२ जना महिलाहरुले आगामी निर्वाचनमा मेयर, उपमेयर र वडामा उम्मेद्वारी दिने निर्णय गरिसकेका छन् । केहि महिलाहरुको टुुङ्गो लागिसक्यो भने केहि महिलाहरुको अझै उम्मेद्वारी टुुङ्गो लागिसकेको छैन ।
कार्यक्रम लागुु भएपछि आत्मविश्वास बढाएको उनीहरुको भनाई छ । केहि मानिसहरुको अगाडी परिचय नै गर्न हिच्कचाउने महिलाहरु हाल राजनीति दलको कुुनै न कुुनै तहबाट उम्मेद्वारी दिने आँट गर्नु आफैँमा ठुुलो साहस जुुटाएको मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए । कार्यक्रम सुरु भएको १६ महिना बितिसक्दा महिलाहरुमा धेरै चेतना बृद्धि भइसकेको मञ्चका मनकुुमार बराइली बताउँछन् । शनिवार बिहान उनै महिलाहरुसँग सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा श्रोतकेन्द्र र गाउँमा गठित महिला सशक्तिकरण समूहका सदस्यहरु साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment