इलाममा एमालेले दश तहका प्रमुख उप–प्रमुखको टुङ्गो लगायो (नाम सहित)

इलामः जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका इलामका १० वटै तहमा प्रमुख उपप्रमुखको उम्मेद्वार घोषणा भएको छ । आकाक्षि धेरै भएपछि जिल्ला तहबाट उम्मेद्वार छान्न नसकेपछि प्रमुख उप प्रमुखको उमेद्वारी जेठ ९ गते राती प्रदेश कमिटीले घोषणा गरेको हो ।
नेकपा एमाले प्रचार समिति इलामका सचिव नवराज संकरका अनुसार दशवटै तहका प्रमुख उप प्रमुखको उम्मेद्वारी घोषणासँगै सम्पूर्ण कार्याकर्ता प्रचारका कार्यक्रममा जुट्नेछन् ।
नेकपा एमालेले सन्दकपूर गाउँपालिकाको अध्यक्षमा उदय राई , उपाध्यक्षमा सोभा पराजुली माइजोगमाई गाउँ पालिकाको अध्यक्षमा जीत बहादूर राई, उपाध्यक्षमा सावित्रा भट्टराई, सूर्योदय नगरपालिकाको मेयरमा रबी राई, उप मेयरमा चित्रकला बराइलीको उम्मेद्वारी टुङ्गो लगाएको हो ।
यसैगरि रोङ्ग गाउँपालिकको अध्यक्षकम वृहस्पति घट्टराई, उपाध्यक्षमा विष्णुमाया खवास, माई नगरपालिकाको मेयरमा दिपक थेवे, उप–मेयरमा बिष्णुमाया आचार्य, चुलाचुली गाउँपालिकको अध्यक्षमा प्रदिपचन्द्र राई, उपाध्यक्षको नाम आउन बाँकि रहको छ।
यस्तै माङ्सेबुङ्ग गाउँपालिकाको अध्यक्षमा हेमन्त राई, उपाध्यक्षमा सुनिता योङ्हाङ्ग फाकफोक फुम गाउँपालिकको अध्यक्षमा दिपेन्द्र खनालङ्ग, उपाध्यक्षमा सरस्वती राई, देउमाई माई नगरपालिकाको मेयरमा सूर्य पोखरेल उप मेयरमा पविमाया राई र इलाम नगरपालिकाको मेयरमा महेश बस्नेत र उप मेयरमा सुसिला नेम्बाङ्गको उम्मेद्वारी छनौट भइसकेको हो । नेकपा एमालले यस अघि नै ८१ वडाका वडाध्यक्ष र सदस्यको उम्मेद्वार चयन गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment