फोहोरका कारण बस्ति बिस्थापित हुने खतरामा

प्रकाश नेपाल

इलामः  सफा नगरपालिकाको सुचिमा पर्न सफल इलाम नगरपालिकाको अव्यवस्थित ल्यान्डफिल्ड साइटको कारण थिङ्ग गाँउ खाल्डे  बस्तिका मानिसहरुको स्वास्थमा  समस्या परेको छ । जसका  कारण बस्तीबाट बिस्थापित हुने जोखिम बढेको छ ।
हरित नगरको रुपमा पहिचान बनाएको इलाम नगरपालिकामा फोहोर व्यवस्थापन उपयुक्त  स्थानमा हुन नसक्दा र व्यस्थित ल्यान्डफिल्ड साइटको अभावका कारण फोहोर मैलाले स्वास्थ क्षेत्रमा गम्भिर समस्या सृजना गरेको हो । जसका कारण मानिसहरुमा बिस्थापनको खतरा बढ्दै गएको छ ।
सदरमुकाम समेत रहेको इलाम नगरपालिका र इलाम  बजारबाट निस्केको फोहोरका कारण साविक वडा नम्वर ३ हाल वडा नम्वर ९ मा रहेको थिङ्ग गाँउ खाल्डेका  बासिन्दाहरुमा बसाई सर्ने मनस्थिती बन्न थालेको स्वयम् बस्ती बासिन्दाहरुले बताएका छन् ।  ूखेत वारीमा माक्स लगाएर पनि काम गर्न सक्ने अवस्था छैन , जाडो महिनामा पनि झिगा आतंक बढेको छ ू, स्थानिय बासि बसन्त घिमिरे भन्नु हुन्छ ूस्थानिय बासिन्दाले अहिले सहे पनि दिद्र्यकालनमा यस्तै पारा रहने हो भने यँहाबाट बस्तीनै सार्न बाध्य हुनु पर्नेछ ।ू
धेरै घरपरिवार प्रत्यक्ष रुपमा यो समस्याबाट  मारमा परेका छन् । अप्रत्यक्ष रुपमा धेरै घरपरिवार मात्र होइन बाटो हिड्ने बटुवा समेत यो समस्याको मारमा परेका छन् । ू नगरपालिकाले धेरै लगानि गरेर जग्गा किन्यो , फोहोरको व्यवस्थापन गर्न यो कार्य थालनी गर्यो , प्रविधियुक्त पनि बनायो ू घिमिरे भन्नु हुन्छ ूनगरपालिकाले दिद्र्यकालिन रुपमा सोच्न नसक्दा बस्ति बासिमा स्वास्थको क्षेत्रमा गम्भिर समस्या पर्न सक्छ , हामि यो स्थान छाडेर जान बाध्य हुनु पर्ने दिन पनि आउन सक्छ ।ू
नगरपालिकाबाट निस्क्ने फोहोर व्यवस्थापनका लागी भनेर खरिद गरिएको जग्गामा बाटोबाट २ मिटरदेखि जथाभावी फोहोर थुप्रो बनाइएको कारण दुर्गन्ध फैलिएको हो ।  करिब ३० घर धुरी रहेको उत्त  क्षेत्र अहिले त्यहाका बासिन्दा कस्टकर रुपमा बस्न बाध्य छन्। थिङ्ग गाउ मात्र होईन साबिक बडा नं ४ को भगवती टोललाई समेत अवस्थीत फोहोर व्यवस्थापनले असर पर्ने गरेको छ ।
स्थानिय राम बहादुर अधिकारीका अनुसार सोहि ठाँउको बाटो भएर दिनहु घास दाउरा गर्ने समेत सम्स्या भोग्न बाध्य भएका छन् ।
ूफोहोरको थुप्रोमा  बर्षेनी लगाईने  आगोबाट  निस्कने धुबाका कारण धेरै मानिसहरुको स्वास्थमा समस्या परेको छू, अधिकारीले भन्नु भयो । सोही ठाँउकी प्रतिक्षा राई को पनि बिचार उस्तै छ । उँहा भन्नु हुन्छ “फोहोरको झिगा सबै घरमा आएर केटा केटी मात्र नभएर ठूला नै बिरामी परिसके । ”
इलाम नगरपालिकाले  यस क्षेत्रमा  वि।सं २०६६ सालमा १४ लाख ५० हजार रुपैंयाँको लागतमा २९ रोपनी जग्गा खरिद गरी फोहोर व्यवस्थापन कार्यको सुरुवात गरेको थियो । वि।स २०७० सालदेखि खाल्डेमा नगरपालिकाले फोहोर फाल्दै आएको छ , तर दिर्घकालीन रणनिति नबनाउदा खाल्डेबासीमा स्वास्थ समस्या परेको हो ।  सो स्थानमा बजारका फोहोर मात्र नभइ सेफ्टी टयाङ्कीमा दिसा पिसाव संकलन गरी फाल्ने गरिएकाले बाटो हिड्ने सर्वसाधारणले नाक छोपेर हिडनुपर्ने अवस्था आएको स्थानीय बासिहरु बताउछन् ।
देशकै सफा नगरपालिकाभित्र पर्ने भएपनि फोहोर व्यवस्थापनमा चासो नदिदा आफुहरु मर्कामा परेको स्थानीय बासिन्दाहरुको गुनासो छ । स्थानीय बासिन्दाहरुले फोहोर फ्याल्दा आफुहरुलाई समस्या नभएको तर सड्ने र नसड्ने फोहोरको पहिचान नगरि एकै स्थानमा फोहोर व्यवस्थापन गर्न खोज्दा समस्या बढेको बताउछन् । नगरपालिकाले दिर्घकालीन रुपमा नसोच्ने हो भने बस्ति छोडेर हिडे हुने स्थानीय बासिहरुको भनाई छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment