माओवादी केन्द्र इलाम नगरको उम्मेद्वार सार्वजनिक


इलाम, ७ जेठः जेठ ३१ गते हुने दोश्रो चरणको स्थानिय तहको निर्वाचनका लागी माओवादी केन्द्र इलाम नगरपालिकाको उम्मेद्वार सार्वजनिक गरिएको छ । माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरी आसन्न स्थानिय तहको उम्मेद्वार सार्वजनिक गरेको हो । इलाम नगरको मेयरमा छविलाल आर्चाय प्रभास र उपमेयरमा प्रेमकुमारी गुरुङ रहेका छन । त्यसैगरी वडा नं १ का अध्यक्षमा यामबहादुर कटुवाल, महिला सदस्य चुर्सीमाया राई, दलित महिला सदस्य इन्दु बराइली तथा वडा सदस्यहरुमा चन्द्र कटुवाल र भिमबहादुर थापा रहेका छन । वडा नं २ अध्यक्षमा प्रेम तामाङ्ग, महिला सदस्य सावित्रा ढुङगाना, दलित महिला लक्ष्मीदेवी सुनाम तथा वडा सदस्यहरु मानबहादुर राई र गोविन्द नेपाल रहेका छन । वडा नं ३ अध्यक्षमा विक्रमजित राई, महिला सदस्य कौशिला गुरुङ्ग, दलित महिला मिरा बराइली तथा वडा सदस्य यामबहादुर सुनवार र पदम सापकोटा रहेका छन । वडा नं ४ अध्यक्षमा जयकुमार लिम्बु, महिला सदस्य पुष्पकला राई,  दलित महिला सविता सुन्दास तथा वडा सदस्य सुर्यबहादुर राई र घनश्याम भण्डारी रहेका छन । 
त्यसै गरी वडा नं ५ अध्यक्षमा पुण्यबहादर भट्टराई पुनम, महिला सदस्य सोममाया देवान, दलित महिला मंगली विश्वकर्मा तथा वडा सदस्य टीका बराल र होमनाथ घिमिरे रहेका छन । वडा नं ६ अध्यक्षमा नारायणप्रसाद चापागाई, महिला सदस्य जानुका सुव्वा, दलित महिला देवी दर्नाल तथा खुल्ला सदस्य दिपक दंगाल र रमेश दाहाल रहेका छन । वडा नं ७ अध्यक्षमा सुर्दशन काफले, महिला सदस्य कल्पना निरौला तथा वडा सदस्य राम राई र सुरेश श्रेष्ठ रहेका छन । वडा नं ८ अध्यक्षमा दिपक गौतम, महिला सदस्य मुना तिवारी दाहाल, दलित महिला खोकिला दास तथा वडा सदस्य सन्तोष तामाङ्ग र हरिशचन्द्र श्रेष्ठ रहेका छन । वडा नं ९ अध्यक्षमा जगतबहादुर नेम्वाङ्ग, महिला सदस्य विष्णु लुइटेल, दलित महिला सीता सुन्दास तथा वडा सदस्य रनबहादुर चम्वाङ्ग र मणी चौहान रहेका छन । वडा नं १० अध्यक्षमा ठाकुरप्रसाद अधिकारी, महिला सदस्य याङमाया तामाङ्ग, दलित महिला मेनुका शंकर तथा वडा सदस्य सन्तकुमार विश्वकर्मा र हेमलाल बानिया रहेका छन । वडा नं ११ अध्यक्षमा नविन फागो, महिला सदस्य सिष्ट्रिना राई, दलित महिला बुद्धमाया सेन्चुरी सापकोटा तथा वडा सदस्य केदारप्रसाद न्यौपाने र घनश्याम चापागाई रहेका छन ।
यता वडा नं १२ अध्यक्षमा नारायण राई, महिला सदस्य बिवि लिम्बु, दलित महिला हुमादेवी रसाइली तथा वडा सदस्य दलबहादुर चौहान र मंगलसिँह लिम्बु रहेका छन । उम्मेद्वारहरुको नामावली माओवादी केन्द्रका जिल्ला इन्र्चाज धिरेन्द्र शर्मा रमणले सार्वजनिक गरेका थिए । केन्द्रिय सदस्य सिन्धुको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पोलिटव्युरो सदस्य इन्द्र आङवो मौसम रहेका थिए । प्रमुख अतिथी आङवोले परिर्वतनकामी, संघियवादी शक्तीहरुसँग चुनावी तालमेलको सम्भावना रहेको बताए । उनले स्थानिय तहको चुनाव गराउनु नै माओवादी केन्द्रको पहिलो जित भएकाले दोश्रो चरणको निर्वाचन गुणात्मक शक्ति रहेको बताए । विश्वकै शक्तीशाली मानिएको स्थानिय तह जर्मनीको भन्दा नेपालको स्थानिय तहले जनतालाई बढी भन्दा बढी अधिकारहरु प्रत्यायोजना गरेकाले चुनावमा सबै जनसमुदायलाई सहभागी हुन अपिल गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment