इलाम, ७ जेठः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले इलामका नगरपालिका र गाउँपालिका कार्यालयको साइन बोर्ड फाल्न थालेका छन् । हालसम्म कम्यनिष्ट पार्टीले इलामका पुराना संरचना अनुसारका १७ वटा गाविसका वार्डहरु परिर्वतन गरी स्थानिय जनसमितीको कार्यालयहरु स्थापना गरेको बताएका छन । शनिवार रातीमात्र पार्टीले इलाम नगरपालिका, इभाङ गाविस र एकतप्पा गाविसको वोड परिर्वतन गरी स्थानिय जनसमितिको बोड राखेको दावी गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी त्रिलोचना भट्टराईका अनुसार हालसम्म इलाम नगरपालिका, इभाङ, लुम्दे, गजुरमुखी, चमैता लगायतका १७ वटा गाविसमा जनसमितीको बोडहरु राखिएका छन । यता इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङ्गले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नगरपालिकाको वोड परिर्वतन नगरेको बताए । उनले भने ‘सूचना पार्टीमा हसिया हथौडा अंकित झन्डा बनाउने प्रयत्न अवश्य भएको हो तर वोड राखिएको छैन । यदि बोड राखिएको भए एउटा मात्र भएपनि जनसमितिको बोड राखेको फोटो देखाए हुन्छ ।’
बिप्लबका ३ कार्यकर्ता प्रहरी नियन्त्रणमा
निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा इलामबाट नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार बिहान १० बजे देउमाइ नगरपालिका–९ माझीबुङ बस्ने आकाश भनिने धनबहादुर मगर र उनकी श्रीमती सालु बुढाथोकी मगरलाई पक्राउ गरेको छ । उनीहरुले शनिवार राती ९
बजेको समयमा फाकफोकथुम गाँउपालिका– ७ (साविकको एकतप्पा गाविस) को बोड निकालेर स्थानिय जनसमितिको बोड परिर्वतन गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी एकतप्पाको संयुक्त टोलीले पक्राउ गरि सार्वजनिक अपराधको मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । त्यसै गरी प्रहरीले सुर्खेत सभाघाट नगरपालिका– १ बस्ने बादल भनिने प्रकाश घर्ति मगरलाई समेत नियन्त्रणमा लिएको छ । उनले जेठ ६ गते विहान ३ बजेको समयमा माङसेवुङ गाँउपालिका– २ स्थित गाँउपालिकाको बोड फालेर जनसरकारको बोड परिर्वतन गरेको आरोपमा अपराहन्न १ बजेको समयमा पक्राउ गरेको हो । निजलाई सार्वजनिक मुद्धा दर्ता गरी म्याद थप गर्दै अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
यता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी त्रिलोचन भट्टराइले आफना निर्दोष कार्यकता पक्राउ गरी प्रशासनले लोकतन्त्रको खिल्ली उडाएकाले कार्यकता अविलम्ब रिहाइ नगरे सरकारी कर्मचारीलाई समेत नियन्त्रण लिने बताए । पक्राउ परेका धनकुमार जिल्ला समिती सदस्य तथा सालु र प्रकाश साधारण सदस्य रहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment